arrow

४३ जना फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
arrest_news.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कर्तव्य ज्यान, लुटपाट, चेक अनादर, चोरी, लागूऔषध, लिखित गाली बेइजती, सरकारी छाप कीर्ते, जालसाजीलगायतका मुद्दामा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

प्रहरीका अनुसार अदालतबाट न्यूनतम दुई दिनदेखि २० वर्षसम्म कैद सजाय र रु ५०० देखि रु पाँचलाख ६६ हजार सम्म जरिवाना तोकिएर पनि लामो समयदेखि फरार रहेका पक्राउ परेका हुन् । 

अदालतमा पेश गरिएकामध्ये तीनजना रिहा भएका छन् भने बाँकीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ