४ सय वर्ष अघिको मल्लकालिन सिंहासन ललितपुरको मंगलबजारमा प्रर्दशनी
प्रकाशित २०७५ असार १४ बिहिबार
700
Shares
ललितपुर । ४ सय वर्ष अघिको मल्लकालिन सिंहासन ललितपुरको मंगलबजारमा प्रर्दशनी गरिएको छ ।प्रत्येक वर्षको जेष्ठ शुक्ल पूर्णिमाका दिन सिद्धिनरससिंह मल्लको सिंहासन ललितपुरको कृष्ण मन्दिर प्राङगणमा प्रर्दशनी गर्ने परम्परा अनुसार प्रर्दशनीमा राखिएको हो ।
सिद्धिनरसिंहका मेघमलाहार रागका संगित प्रस्तुत
सिद्धिनरसिंहको सिहांसन प्रदर्शनसँगै आज संगीत प्रस्तुत गरिने चलन छ ।सिद्धिनरसिहं मल्लको पालादेखि उनले लेखेका मेघमलाहार रागका संगित प्रस्तुत हुने कार्तिक नाच व्यवस्थापन समितिका सदस्य संजय राजोपाध्यायले बताए । मेघ गर्जन सहित वर्षाको आह्वान गरिएको राग भएकाले मेघमलाहार राग भनिएको राजोपाध्यायले बताए ।
सिद्धिनरसिंहको उपस्थितिमा कार्तिक डबलीमा राग प्रस्तुत हुने भएकाले राजाको प्रतिकका रुपमा अहिले पनि उनको सिंहासन प्रर्दशनी हुने गरेको छ ।
सिद्धिनरसिंहले लेखेका ३१ वटा राग गाउन जेष्ठ नागरीकहरु कार्तिक डबलीमा भेला भएका छन । युवा पुस्ताले यस राग प्रस्तुतीमा चासो नदेखाउदा जेष्ठनागरीकको मात्रै सहभागितामा राग प्रस्तुत हुने गरेको छ । यसले भबिश्यमा यो राग हराउने सम्भावना रहेको सरोकारवालाको चिन्ता छ ।
वर्षकै सबैभन्दा लामो दिनका रुपमा मनाइदै
उपत्यकाका नेवारहरुले जेष्ठ शुक्ल पुर्णिमाका दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गर्दछन् ।
केही वर्ष देखि पश्चिमेली परम्परामा जून २१ तारिखलाई सबैभन्दा लामो दिनको रुपमा लिने गरीएपनि
नेपालमा ४ सय बर्षअघिदेखि आजका दिनलाई सबैभन्दा लामो दिनका रुपमा आजका दिन मनाउदै आएको पाइएको छ । ऋतु अनुसार सुर्य उत्तरायणबाट दक्षिणायण जाने साउनबाट भएपनि जेष्ठ पुर्णिमा बाट नै सुर्य त्यसतर्फ लाग्ने मान्यता छ ।
ज्योतिष गणना अनुसार आजका दिन सबैभन्दा लामो दिन भएको ज्योतिष किर्ति किरण जोशीले बताए ।
आजका दिन जति काम गरेपनि दिन लामो हुने भएकाले नेवार समुदायले धेरै काम गर्न भ्याउने पुर्णिमाका दिनका रुपमा ज्या पून्ही भन्ने गरेको छ । यो दिन पनौतिमा भद्रकाली भैरबको रथ जुधाउने जात्रा मनाइदैछ ।