arrow

खुल्यो उत्तर कोरियाको रहस्य, प्रतिबद्धता विपरीत बन्दैछ मिसाइल

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
korea-nucler.jpg

काठमाडौं । उत्तर कोरियाले आफ्नो परमाणु अनुसन्धान केन्द्रको काम तीव्र गतिमा अघि बढाइरहेको एक वेबसाइटले दाबी गरेको छ । ‘३८ नर्थ’ नामक एक वेबसाइटले यस्तो विवरण सार्वजनिक गरेको हो ।

वेबसाइटको विवरणअनुसार सिँगापुरम ट्रम्प–किम वार्ता भएयता उत्तर कोरियाले आफ्नो न्युक्लियर साइटको निर्माण कार्य अघि बढाएको हो । कोरियाले सो सम्मेलनमा कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरणको प्रतिबद्धता जाहेर गरेको थियो ।
 
सिँगापुरमा भएको यो सम्मेलनको क्रममा उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रम बन्द गर्ने वाचा गरेको थियो । यद्यपि यस विषयमा कुनै स्पष्ट निर्णय भने दिएको थियो । उत्तर कोरियाले सो वार्तामा हतियार भण्डारण नष्ट गर्नका लागि स्पष्ट समय सीमा भने तोकिएको थिएन ।

ट्रम्पले गत साता यो प्रक्रिया अबको केही समयमा नै सुरु हुने बताएका थिए । उनले कारियाली प्रायद्वीप पूर्णरुपमा निशस्त्रीकरण गर्ने काम सुरु भइसकेको बताएका थिए । ‘३८ नर्थ’ वेबसाइटकाअनुसार उपग्रहहरुबाट पाइएको विवरणहरुले उत्तर कोरियाको मुख्य यांगबयोन परमाणुस्थलमा परमाणुको कार्यमात्र नभई आधारभूत ढाँचा बनाउने काम पनि चलिरहेको देखाएको हो ।

वेबसाइटले बताएअनुसार गत जुन २१ मा खिचिएको तस्बीरको आधारमा यस्तो पाइएको हो । सिँगापुर वार्ता सकेर अमेरिका पुगेको केही समयमा नै अमेरिकालाई उत्तर कोरियाको मिसाइलको डरले सताउन थालेको विश्लेषकहरुले बताएका छन् । त्यसका लागि अमेरिकाले हवाईमा आफ्नो मिसाइल रक्षा प्रणाली विस्तार गर्ने योजनामा अघि बढिरहेको छ । जसका लागि एक अर्ब अमेरिकी डलरबराबरको रकम खर्च हुने बताइएको छ । (एजेन्सी)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ