arrow

नागरिकता किर्ते गरेको आरोपमा एक महिला पक्राउ

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ असार १४ बिहिबार
panchtar.png

पाँचथर ।  पाँचथरमा नागरिकता किर्ते मुद्धामा अभियोग लागि फरार रहेको एक महिला पक्राउ परेकी छिन् ।

जिल्लाको साविक भारपा–२ की ६० वर्षीय सिता लिम्वूलाई पाँचथर प्रहरीले पक्राउ गरेको हो । लिम्वूलाई २०५६ माघ ११ गते जिल्ला अदालत पाँचथरले किर्ते कागज मुद्धामा एक वर्ष र ०६४ असोज ७ गतेको फैसलाले नागरिकता किर्ते मुद्धामा थप एक वर्ष गरि दुई वर्ष कैद सजाय तोकिएको थियो ।

अदालतको फैसलापछि लिम्वू फरार भएकि थिइन् ।  पक्राउ परेकी लिम्वूलाई कैद भुक्तानीको लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता अनिलकुमार पौडेलले वताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ