arrow

जीप दुर्घटनामा मृत्यु भएका वडा अध्यक्षलाई कांग्रेसले दियो श्रद्धाञ्जली

logo
रमित बि.क.,
प्रकाशित २०७५ असार १४ बिहिबार
congress-bajura.jpg

बाजुरा ।  नेपाली कांग्रेसका नेता एवंम दलित अगुवा तथा त्रिबेणी नगरपालिका वडा नं. १ का वडध्यक्ष खम्म नेपाली र नेपाली कांग्रेसकी कार्यकर्ता महिला समाजसेवी लालसरा बुढाको निधन प्रति नेपाली कांग्रेस बाजुराले शोक विज्ञप्ति जारी गरेको छ ।

 मंगलवार साँझ ७ बजे त्रिबेणी नगरपालिकाको मौरे देखि छतारा जाने क्रममा से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी निधन भएका नेपालीको निधले सिङ्गो नेपाली कांग्रेस बाजुरालाई अपुरणीय क्षेत्री भएको नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डितले बताए । उनको योगदानको नेपाली कांग्रेस बाजुराले उच्च सम्मान गदैँ सदा स्मरण गरिरहने बताए ।

बिहिबार दिउँसो शोक विज्ञप्ति जारी गदैँ कांग्रेस बाजुराले हार्दिक श्रद्धाञ्जी व्यक्त गरेको छ ।  साथै जीप दुर्घटनामा परी गम्भिर घाईते भएका सबैको शिघ्र स्वास्थ्य लाभको  कामना गरेको  छ ।

 २०२३ सालमा जन्मिएका नेपालीका ३ छोरा २ छोरी र श्रीमति रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा पोष्टमार्टम पछि नेपाली कांग्रेसको झण्डा ओढाएर पार्टी सभापति पण्डितले अन्तिम श्रद्धाञ्जली दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता श्रद्धाञ्जी व्यतक्त गरे ।

 कार्यक्रममा नेपाली कांग्रेस बाजुराका सभापति कविराज पण्डित,जिल्ला समन्वय समिति संयोजक नरेन्द्र कुमार रोकाया,बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल,त्रिबेणी नगरपालिकाका नगर प्रमुख राममसिंह रावल,बुढीगंगा नगरपालिकाका नगर प्रमुख दिपक विक्रम शाह लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 साथै त्रिबेणी नगरपालिकाको कार्यालयले पनि श्रद्धाञ्जली व्यक्त गरेको छ । नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्ष एवंम वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य ५२ बर्षिया स्व.खम्म नेपाली दमाई र सोही स्थानका स्थानिय समाजसेवी महिला ३८ बर्षकी लालसरा बुढाको असामयीक निधले सम्पूर्ण नगर परिवार स्तब्ध भएको नगर प्रमुख रामसिंह रावलले बताए ।

अपत्यारिलो अकल्पनीय घट्नाले सिङ्गो नगर भावविहिल भएको उनले बताए । साथै वडाअध्यक्षको मृत्यु भएपछि त्रिबेणी नगरपालिका ३ दिनसम्म सरकारी कामकाज बन्द र १३ दिन सम्म शोक सभा मनाउने नगर प्रवक्ता प्रेम बहादुर थापाले जानकारी दिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ