arrow

पुटिन र ट्रम्प बिच हुने शिखर वार्ताको मिति र स्थान सार्वजनिक

logo
प्रकाशित २०७५ असार १४ बिहिबार

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।

रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उनिहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्यादिमिर पुटिन जुलाई १६ मा हेल्सीन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ