arrow

माइतीघरको `निषेधाज्ञा´ उचित समयमा तोडिने कांग्रेसको चेतावनी

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
bishwoprakash-sharma-hamrakura2.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले माइतीघरको `निषेधाज्ञा´ उचित समयमा तोडिने चेतावनी दिएका छन्। सरकारका तर्फबाट गृह मन्त्रालयले पत्रकार सम्मेलन गरि माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाएको जानकारी दिए लगत्तै काँग्रेस प्रवक्ता शर्माले सो चेतावनी दिएका हुन् ।

प्रवक्ता शर्मानले सरकारी नियतमा खोट रहेको औँलाउदै ट्विटमा लेखेका छन्, 'अमेरिकामा ह्वाइटहाउस सामुन्ने, स्विजर्लेण्ड या जापानमा सरकारको नाकै अघि विरोध प्रदर्शन गर्न पाइन्छ।  तर सिंहदरबार नजिक माइतीघर मण्डलामा समेत प्रदर्शनमा रोक लगाउने सरकारलाई स्मरण गराउंछु यो उत्तर कोरिया होइन नेपाल हो ! निर्णयको नियतमा खोट छ !!'

गृह मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरि साउन १ देखि निषेधित क्षेत्र कडाईका साथ लागु गर्ने जानकारी दिएसँगै कांग्रेसका तर्फबाट प्रवक्ता शर्माले पार्टीको धारणा राखेका हुन् ।

काठमाडौंका ७ स्थानमा मात्रै प्रदर्शन गर्न पाइने सरकाले यस अघि निर्णय गरेको थियो। माइतीघरमा भने  कुनै पनि विरोध तथा सार्वजनिक कार्यक्रम गर्न पाइने छैन।

सरकार अधिनायकबादी र सर्वसत्तावादी अभ्यास गर्न उद्यत रहेको पछिल्ला घटनाक्रमले देखाएको काँग्रेसको ठहर छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ