arrow

दोहोरो भिडन्तमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
Bullet_Fire.jpeg

रौतहट । प्रहरीको गोली प्रहारबाट रौतहटमा बिहिबार राति एक जनाको मृत्यु भएको छ । दोहोरो भिडन्तमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटको दाबी रहेको छ । 

खुट्टा र पिठ्युमा गोली लागेका ती ब्यक्तिलाई प्रहरीले गौर अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । रौतहटको राजदेवी नगरपालिका स्थित मुडबलागाउको उत्तर रहेको बाग्मती नदीको तटबन्धमा प्रहरीको गोली प्रहारबाट उनको मृत्यु भएको हो । 

मृतकको शनाखत हुन सकेको छैन । मृतकको साथबाट एसएमजी बन्दुक र सोमा लाग्ने म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ । यद्यपि प्रहरीबाट ३१ राउण्ड गोली प्रहार भएको थियो भने मृतकपक्षको समुहबाट १२ राउण्ड गोली प्रहार भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ