arrow

मदन भण्डारीबारे राष्ट्रपति र प्रधानमन्त्री ओलीको मुख खुल्ने प्रतिक्षामा

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
madan-bhandari.jpg

काठमाडौँ । जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्ती बिहिबार (असार १४ गते) मनाइएको छ । तत्कालीन एमाले र अहिले एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रमको आयोजना गरी मदन भण्डारीलाई सम्झियो । 


भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गरे । 


सम्वोधनका क्रममा नेताहरुले अहिलेका समसामयिक विषयमा विचार राखे । तर जसको जन्मजयन्तीका अवसरमा सो कार्यक्रम भएको हो त्यसका बारेमा बोल्ने कष्ट गरेनन् । कहीं मदन भण्डारीको नाममा फलफूल रोपियो । 

पहिलो पटक बहुमतसहित सरकार बनाएको कम्युनिष्ट पार्टीले धेरै समय मदन भण्डारीलाई सम्झनाका लागि खर्चेन । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा परी उनको निधन भएको थियो । 

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको (नेकपा) गठन भएको हो । 

मदन भण्डारी कम्युनिष्टको सम्झनामा छन् । तर जसरी उनको निधन भएको थियो त्यसबारेमा यद्यपि नेताहरु राजनीति गरिरहन्छन् । उनका हत्यारा पत्ता लगाउने भनिरहेका छन् ।  कम्युनिष्टकै सरकार नेपालमा ०५० जेठ ३ पछि धेरै बने । तर कसैले पनि चासो देखाएका छैनन् । 

अनि कार्वाही गर्ने बोल्न पनि छोडेका छैनन् । उनकी धर्मपत्नी विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमामय पद दोस्रो पटक खाइरहेकी छिन् । उनका परम मित्र केपी शर्मा ओलीले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । 

भण्डारी र ओलीले मदन भण्डारीका हत्यारालाई कार्वाही गरेरै छाड्ने बताउन भुलेका छैनन् । तर त्यो समय केवल जेठ ३ गते एक दिनमात्रै हुने गरेको छ । 

मदन भण्डारीको दुर्घटनामा मृत्यु भएको २५ वर्ष भए पनि केवल राजनीति गर्नका लागि सहानुभूति बटुल्ने आधार मात्र बनेका छन् । 

बिहिबार जन्मजयन्तीको दिन त न राष्ट्रपतिले केही सन्देश दिइन् न त प्रधानमन्त्री ओलीले नै । के मदन भण्डारी केवल ओली र विद्यादेवीको राजनीति गर्ने एक साधनमात्र बनेका हुन् ? आखिर कहिले खुल्ला ओली र भण्डारीको मुख ?

यो समाचार पनि पढ्नुस् –अझै कति समय लाग्ने हो मदन भण्डारीका हत्यारा पत्ता लगाउन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली ज्यू ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ