arrow

पार्टीमा सबै एक हुनुको विकल्प छैन : देउवा

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।  

नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले धान दिवसको अवसरमा आज बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै सभापति देउवाले सबै मिलेर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए ।

उनले भने–“आगामी दिनमा सबै एक भएर अगाडि बढे कांग्रेस पुनः देशको एक नम्बरको पार्टी बन्छ, सबैलाई आफ्ना कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्न म आग्रह गर्दछु ।”

सांस्कृतिक परम्पराले नेपाली संस्कृतिलाई जीवन्त बनाएको भन्दै सभापति देउवाले धान दिवसले कृषि परम्परा र संस्कृतिको पहिचान स्थापित गरेको बताए ।

रोपाइँ कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डिना संग्रौला, कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नगरसभापति यादव अधिकारीलगायत सहभागि थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ