arrow

विप्लवका कार्यकर्ताले लगाए गाँउपालिका प्रमुखलाई कालोमोसो

नेकपाका गाउँपालिका अध्यक्षलाई विप्लवको नेकपाका कार्यकर्ताले दले कालोमोसो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ असार १५ शुक्रबार
kalo_muso_photo.png

बझाङ। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बझाड जिल्लाको दुर्गम मष्टा गाँपालीकाका अध्यक्ष कर्ण बहादुर कठायतलाई कालोमोसो दलेका छन् । गाँउपालिका कार्यालयमा पुगेका विप्लव कार्यकर्ताको समुहले अध्यक्षलाई कार्यालय हातामै कालोमोसो दलेको प्रहरीले जनाएको छ ।

विप्लवका कार्यकर्ताहरुले एकछिन अध्यक्षसंग काम छ भनेर कार्यालयवाट अलिपर लगेपछि भष्टाचारी अध्यक्ष भनेर कालोमोसो दलेका थिए। अध्यक्षलाई कालोमोसो दलेको वरपरका शिक्षक, वडा अध्यक्ष लगाएत अन्य सेवाग्राहीहरुले देखेपछि विप्लव कार्यकर्ता र स्थानीयहरुविच केहि झडप भएको गाँउपालीका उपाध्यक्ष भगवती बोहराले जानकारी दिईन ।

विप्लव समुहका ३० जना भन्दा बढी युवाहरुको समुह मष्टा गएको थियो। विप्लवका कार्यकर्ताहरुले अध्यक्षलाई योजनावाट पैसा माग्ने गरेको बताइएको छ। आफन्त र कार्यकर्तालाई योजना दिएको र चन्दा नदिएको आरोप उनीहरुको छ।   

अध्यक्ष कर्णले आफ्नो अपमान र मानवअधिकार हनन भएको हुँदा यसको सवै जिम्मेवार सरकारले लिनु पर्ने वताए। कुनै कमिकमजोरी भए मौखिक वा लिखीत भन्नुपर्छ तर कसैको चरित्र हत्या र मानहानी अपमान हुने गरि यस्तो कार्य गुर्न गैरकानुनी र अपराधी व्यवहार भएको गुनासो गरे। जनतालाई तर्साउने, जनप्रतिनिधिलाई धम्क्याउने काम गर्न नदिने गरेको हुँदा विप्लव कार्यकर्ताहरुलाई छिटै सरकारले तह लगाउने पर्ने अध्यक्षको भनाई छ।

केहि दिन यता विप्लव कार्यकर्ताहरुले आफ्नो गतिविधिहरु तिब्र पार्दै आएका छन्। दुई दिन अगाडी साईपाल गाँउपालीकाका निमित्त कार्यकारी राधाकृष्ण जोशीलाई पनि उनीहरुले कालोमोसो दलेका थिए।

विप्लव कार्यकर्ताहरुले जिल्लामा अझै यस्तो कार्वाही हुने भनेर खुलेयाम हिडिरहेका छन् । उनीहरुले खासगरि जनप्रतिनिधिहरुले राजिनामा दिनु पर्ने दवाव दिएका छन् ।

मष्टा अध्यक्षलाई कालोमोसो लगाएपछि मष्टातिर प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ। सदरमुकामबाट मष्टा पुग्न ४ घण्टा लाग्ने गर्दछ। उनि नेकपा एमालेबाट निर्बाचित गाँउपालिका प्रमुख हुन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ