arrow

नगर प्रमुख यादवले बेर्ना काटी धान रोंपाई गरे

पानी बिना कृषकको खेत बांझो पर्दैनः नगर प्रमुख यादव

logo
मुकेश यादव,
प्रकाशित २०७५ असार १५ शुक्रबार
hilo.jpg

बारा ।  महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बेर्ना काटी हलोबाट हिलो (कांदो) गर्दै खेत रोपेका छन । महागढीमाई नगरपालिका ५ को कवहीजब्दीमा स्थानीयको एक विघा खेतमा धान रोपाई भएको छ ।

 कृषि क्षेत्रमय रहेको नगरपालिकामा नगर प्रमुख यादवले धान रोपाइ दिवसको अवसरमा कार्यक्रम राखी आफैले बेर्ना काटेका थिए । आफुहरु किसानको छोरा रहेको हाम्रो पेशा नै कृषि हो । नगर प्रमुख हुनु भन्दा अगाडी आफु खेतमा गएर बिउ छर्ने, खेत जोत्ने, कोंदालो चलाउने, बेर्ना काटी धान रोंपाई गर्दै आएको थिए, र आज नगर प्रमुख भएपनि आफनो पेशालाई संरक्षण गर्न धान रोंपाईको आयोजना गरिएको बताए ।

 नगर प्रमुख यादवले भने आफनो नगरपालिका कृषि क्षेत्र रहेकोले किसानहरुको मनोबल, हौसल्ला बढाउनको लागि आफु खेतमा गई बेर्ना काटी हलोबाट खेत जोती (कांदो गरी) धान रोपांई गरेको बताए । नगर उप–प्रमुख तारादेवी कानु लगायत महिला जनप्रतिनिधिहरुले खेतमा धान रोंपाई गरेका थिए । भने वडा अध्यक्षहरुले बेर्ना काटेका थिए । यसअघि धान रोंपाई दिवसको कवहीजब्दीमा उद्दघाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले महागढीमाई नगरपालिका कृषि क्षेत्र रहेकोले नगर भित्र बन्द रहेको कुलोलाई सरसफाई गरी त्यसलाई सञ्चालनमा ल्याएर सिंचाईको व्यवस्था मिलाउने बताए ।

उनले चालु आर्थिक वर्षमा सिंचाई गर्नमा कृषकहरुलाई कठिनाई उत्पन्न भएपछि माटोले पुरिएर बन्द रहेको बांधलाई सरसफाई गराई सञ्चालनमा ल्याएको, बांध सञ्चालनमा आएपछि कृषकहरुले सहज रुपमा सिंचाई गरिरहेका छन । चालु आर्थिक वर्षमा सबै बांधहरु मर्मत नभईसकेकोले सबै बांधहरुलाई मर्मत संभार, सरसफाई गराई सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले कृषकहरुलाई सिंचाई गर्नको लागि बांधहरु नभएको ठांउमा डिप बोरिङ्ग जडान गर्छु, नगर यादवले भने नगरको प्रत्येक कृषकहरुको खेतमा पानी पुगाउने छु, डिप बोरिङ्गको जडानबाट कुनै पनि कृषकको पानी बिना खेत बांझो नपरोस आफनो लक्ष्य रहेको छ । यस नगरपालिका कृषि क्षेत्रमय भएपनि सरकारले विभेद गरी थोरै रकम १४ लाख छुटयाएर उंटको मुखमा जिराको फोरन भन्ने उखान जस्तै बजेट छुटयाएको प्रति नगर प्रमुख यादवले गुनासो गरेका थिए ।

उद्दघाटन सत्रमा नगर उप–प्रमुख तारादेवी कानु, नगरको राजनितिक सल्लाहकार भैयाराम यादव, शिक्षा संयोजक शशिकान्त मिश्र, प्रमुख प्रशाषकिय अधिकृत अमिता बज्रचार्य लगायतकाले कृषकहरुको सेवा सुविधाको लागि यस नगरपालिकाले सक्दोसम्म सहयोग गर्नेमा जोड दिएका थिए । महागढीमाई नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा गञ्जभवानीपुरको आयोजनामा धान रोंपाई दिवस कार्यक्रम सम्पन्न भएको हो । रेडक्रसका सभापति प्रभुलाल कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य वडा नं. ५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद जयसवालले गरेका थिए । विभिन्न वडाहरुले आफनो संस्कृति झल्किने सहितको झांकी लिएर धान रोंपाई गर्न आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ