arrow

पत्रकार यादव थपलियाको निधनमा प्रेस युनियन स्तब्ध

युनियनले असल मित्र र नेपाली पत्रकारीताले कुशल पत्रकार गुमायो

logo
प्रकाशित २०७५ असार १५ शुक्रबार
yadav-thapaliya.jpg

काठमाडौं। नेपाल प्रेस युनियनका सदस्य तथा कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ। बुधबार राति काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार अपराह्न करिब पौने तीन बजे निधन भएको हो।

आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहनुभएका थपलिया बुधबार राति केएमसीमा भर्ना हुनुभएको थियो। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो।

काभ्रे स्थायी घर भएका थपलियाका आमा, श्रीमती, २ छोरी र भाई हुनुहुन्छ। थपलियाको शुक्रबार बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक शोक वक्तव्य निकाली यादवजीको निधनले युनियनले असल मित्र र नेपाली पत्रकारीताले कुशल पत्रकार गुमाएको बताएका छन्। युनियनले स्वर्गीय यादवजीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त थपलिया परिवारमा समवेदना प्रकट गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ