काठमाडौं। नेपाल ल क्याम्पसमा एलएलबि प्रथम बर्षको भर्नाको बिषयलाई लिएर बिबाद चुलिदै आएकोमा अझै अन्योल बढेको छ। यहि अन्यौलकाबीच विद्यार्थीहरुले क्याम्पसमा तालावन्दी गरेका छन्।
कानून शिक्षालाई व्यवस्थित बनाइने भन्दै केन्द्रीय नेपाल ल क्याम्पसमा ८ सय जना र बाहिरका क्याम्पसहरूमा ५ सयको कोटा निर्धारण गरिएको थियो । केन्द्रीयस्तरका विद्यार्थी संगठनको विरोधपछि कानुनमा कोटा प्रणाली हटाइएको थियो।
कानून संकायमा कोटा प्रणाली अनुसार प्रवेश परिक्षा समेत भइसकेको थियो। पटक–पटकको विद्यार्थी संगठनको विरोध र चेतावनी पछि कानुनमा लागु गर्न लागिएको कोटा सिस्टम हटाइएको कानुन संकायका डीन ताराप्रसाद सापकोटाले बताए। आफूले अदालतको आदेश वा कुनै प्रमाण मागेपनी बिद्यार्थी संगठनले नमानेपछी उत्तर पुस्तिका जोगाउनका लागि बाध्यता हस्ताक्षर गर्नुपरेको बताए। कानुन अध्ययनका लागी नेपाल ल क्याम्पसबाट मात्रै झण्डै ५ हजार विद्यार्थीले प्रवेश परिक्षा दिएका थिए ।
कानूनमा लगाइएको कोटा प्रणाली हटाउन तत्कालीन एमाले र माओवादी निकटका केन्द्रीय विद्यार्थी संगठनले भूमिका खेलेका थिए । तर यता कोटा सिस्टम हटाईए पछि कानुनि शासनको खिल्ली उडेको भन्दै फेरी शुक्रबार कार्यालयमा पुन तालाबन्दी भएको छ। राजकुमार उप्रती, सुरज सेजुवाल, लेखनाथ भुसाल लगायतका अन्य बिधार्थीहरूले शुक्रवार क्याम्पस हाताभित्रै, धर्ना नाराजुलुस, कालोपट्टी लगाएर बिरोध प्रदर्शन गरेका छन्।
निर्णय नसच्चिएसम्म अनिश्चितकालीन तालाबन्दी र धर्ना जारी रहने बिध्यार्थीहरूले बताएका छन्।