arrow

पूर्वीय दर्शनका दुई पुस्तक सार्वजनिक

logo
प्रकाशित २०७५ असार १६ शनिबार
mahabharat.jpeg

काठमाडौं। पूर्वीय दर्शनका ज्ञान लोपोन्मुख भइरहेका बेला दुई कृति सार्वजनिक भएको छ। जयतु संस्कृतम्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तत्वार्थ सूत्रम् र दर्शनसार अमृतम् नामका दुई पुस्तक सार्वजनिक गरे। कार्यक्रममा गत वर्षको जयतु संस्कृतम् पुरस्कार संस्कृत साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनु हुने प्रा डा. विष्णुराज आत्रेयलाई हनुमदयन नामक कृतिका लागि रु ११ हजार १११ राशिको पुरस्कार प्रदान गरिएको जानकारी गराइयो।

सो अवसरमा कुलपति उप्रेती, जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेल, पूर्वसचिव कृष्ण ज्ञवाली, प्रा डा पद्मप्रसाद भट्टराई, डा विष्णुप्रसाद देवकोटालगायतले संस्कृत भाषाको महत्व र आवश्यकता अझै बढेकाले संरक्षण गरिनुपर्नेमा जोड दिए।

विसं २००४ मा राणाशासनको विरोधमा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, कमलराज रेग्मीलगायतको नेतृत्वमा सञ्चालित जयतु संस्कृतम् आन्दोलन नेपालको शैक्षिक एवम् राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रुपमा मानिन्छ।

तीनधारा पाठशालामा अध्ययनरत विद्यार्थीले संस्कृतका साथै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणाशासनको जगजगीका बेला यो आन्दोलनको शुरुवात गरेका थिए। यो नेपालकै पहिलो विद्यार्थी आन्दोलन हो। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने मागसँगै प्रजातन्त्रको माग पनि जयतु संस्कृतम्ले गरेको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ