arrow

हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा दुईको मृत्यु

logo
प्रकाशित २०७५ असार १६ शनिबार
current-killed.jpg

नेपालगञ्ज । विद्युत्‌को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ३ बजे विद्युत्‌को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खसेपछि करेन्ट लागेर सोही स्थानका ३४ वर्षीय सुरेश चौधरी र २२ वर्षीय टीकाराम चौधरीको मृत्यु भएको छ । सो घटनामा तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर दुईवटा गाई, दुईवटा भैँसी र पाँचवटा बंगुर मरेका छन्, भने करेन्टका कारण केही घरमा आगो लागेको बताइएको छ । प्रहरीले घटनाको छानविन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ