arrow

ट्रम्पलाई अर्को झड्का, रुष्ट कूटनीतिज्ञले दिए राजीनामा

logo
प्रकाशित २०७५ असार १६ शनिबार
James_D_Melville.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिमा असन्तुष्टि जनाउँदै इस्टोनियाका लागि अमेरिकी राजदूत जेम्स डी मेल्भिल्लेले राजीनामा दिने बताएका छन् । उनले अमेरिकाले युरोपियन सहयात्री मुलुकहरुसँग शत्रुता गरेको भन्दै राजीनामा दिन लागेको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् मल्भिल्लेले डोनाल्ड ट्रम्पले अमेरिकाका सहयात्री युरोपियन मुलुकहरुमाथि गरिएको टीप्पणीमा आफू असन्तुष्ट रहेको बताएका हुन् ।

ट्रम्पले केही समयअघि युरोपियन मुलुकहरुबाट आयात हुने सामग्रीहरुमा कर बढाउने निर्णय गरेका थिए । पछिल्लो केही महिनायता अन्य केही अमेरिकी कूटनीतिक अधिकारीहरुले पनि राजीनामा दिइसकेका छन् । गएको जनवरी महिनामा पानामाको लागि अमेरिकी राजदूत जोन फिलेईले राजीनामा दिएका थिए ।

मेल्भिल्लेले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको विवरणमा महत्वपूर्ण सम्झौताहरुबाट बाहिरिनु अमेरिकाको गल्ती भएको उल्लेख गरिएको छ । मेल्भिल्ले सन् २०१५ देखि इस्टोनियाको लागि अमेरिकी राजदूतको रुपमा काम गर्दै आएका छन् । अमेरिकाको आधिकारिक विभागले पनि यो विवरण साँचो रहेको बताएको छ । सार्वजनिक सेवामा ३३ वर्ष काम गरेका मेल्भिल्लेले जुलाई २९ बाट अवकाश लिने इच्छा व्यक्त गरेको बताइएको छ । (एजेन्सी)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ