arrow

डा. केसीलाई हिरासतमा पनि अनसन बस्न दिएन प्रहरीले, कवर्डहलमा थुनेर राख्यो 

logo
प्रकाशित २०७५ असार १६ शनिबार
dr-kc.JPG

काठमाडौं । चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ल्याउन लागेको भन्दै अनसन बस्न जुम्ला पुगेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले हिरासतमा पनि अनसन बस्न दिएन । 

डा. केसीले अनसनको घोषणा प्रहरी कार्यालयमा गरेपनि उनलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा लगेर थुनिदिएको छ । जुम्लाबाट हाम्रा सहकर्मी लक्ष्मीप्रसाद देवकोटाले भने, ‘कवर्ड हलको गेटमा प्रहरी बसेको छ । भित्र डा. केसीलाई राखिएको छ । उहाँलाई न प्रहरीले लान्छ । न अरुले नै बुझ्ने भनेका छन् । बाहिर तनाव भईरहेको छ । डा. केसीलाई केही भए जुम्लामा आन्दोलन नै चर्किने देखिएको छ ।’ प्रहरीले पक्राउ गरेपछि डा. केसीले शनिबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन् । 

यस्तै, नागरिक समाजले विज्ञप्ति निकालेर डा. केसीलाई समर्थन गरेको छ । अन्य राजनीतिक दलले पनि केसीलाई समर्थन गरेका छन् । डा. केसीसँग धर्नामा बसेका नागरिक समाज जुम्लाका अध्यक्षसहित ३ जना घाइते छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महत, नागरिक अगुवा दिलबहादुर महत र देवेन्द्र शाही घाईते भएका हुन् । डा. केसीले ‘मलाई कता फ्याँक्छ थाहा छैन । तर, जबसम्म माग पूरा हुँदैन तबसम्म मेरो आमरण अनशन जारी नै रहन्छ’ भनेका छन् । 

उनले मुलुकमा सुशासन कायम नभएसम्म अस्थिरता रही रहने भएकाले आफ्नो आन्दोलनको मुख्य माग सुशासन समेत रहेको बताएका छन् ।  डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८ वर्षअघि सुरु गरिए पनि अहिलेसम्म एमबीबीएसलगायतका कोर्सहरुको अध्यापन सुरु नभएको विषय पनि अनसनमा उठाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ