arrow

खगेन्द्र संग्रौलाको कडा टिप्पणी : ‘ओली हेर्दा ज्ञानेन्द्रको झल्को, वादल हेर्दा कमल थापाको’ 

‘हिटलरी निषेधाज्ञा’

logo
प्रकाशित २०७५ असार १६ शनिबार
KHAGENDRA-SANGRAULA.jpg

काठमाडौं । लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीलाई पूर्व राजा ज्ञानेन्द्रसँग तुलना गरेका छन् ।उनले गृहमन्त्री रामबहादुर थापाको बोलीले तत्कालीन गृहमन्त्री कमल थापाको झल्को दिएको भनेका छन् ।

सरकारले पहिले शान्तिपूर्ण धर्ना र जुलुस हुँदै आएका स्थानमा भेला हुन निषेध गरेपछि व्यंग्यात्मक रुपमा लेखक संग्रौलाले कडा टिप्पणी गरेका हुन् । उनले यो निषेधाज्ञालाई हिट्लरी निषेधाज्ञा भनेका छन् । उनले गरेको ट्वीट कयौँ पटक रिट्वीट भएको छ । 

ट्वीटमा उनले भनेका छन्, ‘ओली राजमा रत्नपार्क र मण्डलामा पनि जुट्न र बोल्न नपाइने? विमति र विरोध बोल्ने थलो पनि शासकैले तोक्ने?अनि यसको नाम विधिको शासन? हैट्, प्रम ओलीको मतिमा ज्ञानेन्द्रको र गृहमन्त्री रामबादुरको बोलीमा कमल थापाको झल्काे ! सुनिस्योस् प्रभु–यस्ता हिट्लरी निषेधाज्ञा तोडिन्छ !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ