म्याग्दी काँग्रेसमा पदाधिकारी मनोनयन, उपसभापतिमा रेग्मी र सहसचिवमा रकाल
प्रकाशित २०७५ असार १६ शनिबार
407
Shares
काठमाडौं। नेपाली कांग्रेस म्याग्दीले रिक्त पदाधिकारीहरु मनोनयन गरि कार्यसमितिलाई पुर्णता दिएको छ।२०७२ फागुन १० गते भएको छैठौ जिल्ला अबिधेशन यता रिक्त रहेको पदमा मनोनित भएका छन्।
म्याग्दी सभापति खमबहादुर गर्वुजा खम्वीरले उपसभापतिमा पूर्व पार्टी सचिव एवम् बेनी अस्पताल बिकास समितिका अध्यक्ष माधव रेग्मीलाई मनोनित गरे भने सहसचिवमा नेपाल बिद्यार्थी संघ म्याग्दीका पुर्व सभापति एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी भरत बहादुर रकाललाई मनोनित गरेका छन्।
नेपाली काँग्रेसको आयोजना भएको कार्यकर्ता प्रशिक्षण एवम अन्तरक्रिया कार्यक्रमको अवसरमा दुबै पदमा मनोनित गरिएको हो । त्यसैगरि नेपाली कांग्रेस म्याग्दीको प्रवत्तामा पुर्व सहसचिव अजयमिलन श्रेष्ठ,आमन्त्रीत सदस्यहरुमा धवलागिरि गाउँपालिका ७ धारापानीका तेजेन्द्र थापा मंगला गाउँपालिका ४ बरंजाका लालबहादुर रोका मगर मनोनित गरिएको पार्टीका सचिव क्या मिनबहादुर कार्कीले बताए ।
जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसले म्याग्दीमा खेल्नुपर्ने भुमिका बिकास निर्माणको लागि गरिने पहल र स्थानियस्तरमा कार्यकर्ताले गर्नुपर्ने कार्यको विषयमा प्रशिक्षक रमेश श्रेष्ठ र प्रवत्ता अजयमिलन श्रेष्ठले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए।
पार्टी सभापति खमबहादुर गर्वुजा खम्वीरको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका सचिव एवम् बेनी नगरपालिकाका मेयर हरिकृष्ण श्रेष्ठ, सचिव क्या मिनबहादुर कार्की, सहसभापति नेत्र महत लगायत सहभागी जनप्रतिनिधीहरुले आफ्नो सुझाव राखेका थिए।