स्वर्गीय आचार्यलाई न्याय गर्न नसकेकोमा काँग्रेस नेताहरुले मागे माफी
प्रकाशित २०७५ असार १६ शनिबार
369
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले संघीय संरचनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौं काँग्रेसका नेता सुदर्शन आचार्यको १३ औं पूण्य तिथिमा आयोजित कार्यक्रममा नेताहरुले संघीय संरचनाको प्रभावकारिताबारे जोड दिएका हुन् ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नेता सुदर्शन आचार्यले लोकतन्त्र र संघीय संरचना लागु गर्नमा पुर्याएको योगदानको चर्चा गरे। उनले आचार्यको अभियानमा आफू सदैव उभिने बताए। आचार्यले देशलाई गाउँपालिकाको अवधारणा दिएर ग्रामिण जनतालाई बिकास र अधिकार दिएर बिदा भएको पौडेलको भनाइ थियो।
काँग्रेस नेता प्रकाशमान सिंहले आचार्यले सुरु गरेको काठमाडौं क्षेत्र नम्वर ७ मा फुटवल रंगशाला निर्माण लगायतका बिकासमा आफ्नो प्रयास जारी रहने बताए।
नेता सुदर्शन आचार्यको गत असार ४ गते मस्तिष्कघातबाट निधन भएको थियो। काठमाडौं गोलढुंगा साविक गाविसका पूर्व गाबिस अध्यक्ष आचार्य स्थानीय निकायका विज्ञ तथा गाउँपालिका अवधारणाकारका रुपमा परिचित छन्। गोलढुंगा खेलकुद समाजका संस्थापक अध्यक्ष आचार्यले ‘गोलढुंगा खेलकुद् रंगाशाला’ निर्माणमा महत्वपूर्ण भुमिका खेलेका थिए ।
कांग्रेस नेताहरु अर्जन नरसिंह केसी, डा रामशरण महत, प्रकाश शरण महत, नविन्द्रराज जोशी, काठमाडौं जिल्ला अध्यक्ष सवुज बानिया, क्षेत्र नं ७ का अध्यक्ष मुकुन्द रिजाल, पूर्वमन्त्री विक्रम थापा, पूर्वमन्त्री भिमसेन दास प्रधान, पूर्व सांसद कौशल शाह, तारकेश्वर नगरपालिका इकाई समिति मनोज राणा, वडा नं पाँचका सभापति शम्भु फुँयाल, शिक्षाविद् धनेश्वर नेपाल र स्वर्गीय नेता आचार्य पुत्री दिक्षीता आचार्यले नेता आचार्यको राजनीतिक तथा सामाजिक जीवनको चर्चा गरेका थिए ।
कार्यक्रममा नेताहरुले राजनीतिक रुपमा आचार्यलाई न्याय गर्न नसकेकोमा आचार्य परिवार र स्थानियहरुसँग क्षमा मागेका थिए।
स्थानीय निकायका निर्वाचित पूर्व पदाधिकारीहरुका संस्था विकेन्द्रीकरण समाजका संस्थापक अध्यक्ष राम चन्द्र पोखरेलका अनुसार नेता आचार्यले स्थानीय निकायको अधिकारलाई जनस्तरमा लैजानको लागि महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।