arrow

नारायणीमा डुबेर युवतीको मृत्यु 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
drowning.jpg

चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६ः४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको हो । 

नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ