arrow

सरपल्लो बजारमा आगलागी

logo
प्रकाशित २०७५ असार १७ आइतबार
fire.jpeg

गौशाला । महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो । 

सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भाँडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडित मिठाई पसले साहले बताए ।

मिठाई पसलमा काम गरिरहेको र ग्राहकसमेत खचाखच भरिएको बेला पसलमा अचानक आगलागी भएकाले हेर्दाहेर्दै सबैथोक जलेर नष्ट भएको पीडित मिठाई पसलेले साहको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ