arrow

ट्रम्पको विदेशनीतिले भारतलाई पनि हुनसक्छ यस्तो ठूलो हानी 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
trump-modi1.jpg

काठमाडौं । पछिल्लो समय अमेरिका र भारतको सम्बन्ध केही कमजोर बन्न पुगेको देखिएको छ। अमेरिकाले भारतको सम्बन्धलाई केही कमजोर रुपमा हेरेको कारण दुई मुलुकबीचको सम्बन्ध केही कमजोर बन्न पुगेको हो । अहिले अमेरिका उत्तर कोरियाको साथमा भएको सम्झौतामा देखिएको केही आशाहरु पूरा गर्ने प्रयासमा रहेको छ, जसको कारण उसको ध्यान भारतलगायतका मुलुकहरुमा जान सकेको छैन । 

अमेरिकाले भारतसँग जुलाई ६ मा हुने भनिएको बहुप्रतीक्षित उच्चस्तरीय वार्ता रद्द गरेको छ । जसको मुख्य कारण अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण हो । उनी उत्तर कोरिया र अमेरिकाको बीचमा हुन गइरहेको सम्झौताको प्रगतिको विवरण लिनका लागि उत्तर कोरिया पुगेका हुन् । अमेरिकाले उत्तर कोरिया सम्झौताबाट बाहिरिन खोजिरहेको आरोप लागिरहेको अवस्थामा अमेरिकी विदेशमन्त्री उत्तर कोरिया पुगेका हुन्।

उत्तर कोरियाले आफ्नो न्युक्लियर कार्यक्रम तीव्र गतिमा अघि बढाइरहेको भन्ने समाचार सार्वजनिक भएसँगै अमेरिकी उच्च अधिकारीले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् । 

उत्तर कोरियाको विषयमा देखिएको विभिन्न आशंकाहरु पूरा गर्नका लागि उत्तर कोरिया प्रस्थान गर्दा ट्रम्पले रसियासँगको आफ्नो बैठकलाई प्राथमिकतामा राखेका छन्, जसको कारण भारतमात्र नभई अन्य नजिकको सम्बन्ध भएका मुलुकहरु पनि अमेरिकाको वेवास्तामा परेका छन् । 

अमेरिकाको विदेशमन्त्रालयका अधिकारीले भने अमेरिकाको लागि भारतसँगको सम्बन्ध प्राथमिकतामा रहेको प्रतिक्रिया दिएका छन् । भारत अहिले भएको वार्ता रद्दको विषयलाई अमेरिकी राष्ट्रपतिको समय अभावको बहानालाई सामान्य हिसाबमा लिइरहेको छ तर अमेरिकाको यस किसिमको विदेश नीतिले आगामी दिनमा भारतलाई ठुलो नोक्सानीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । 

भारतलाई अमेरिकाको सहयोगको कारण चीनसँगको टकरावमा केही सहयोग पुगेको भए पनि अहिले देखिएको अवस्थाले भने अमेरिकासँगको केही सम्झौताहरु प्रभावित हुनसक्ने देखिएको हो । पछिल्लो समय अमेरिका आफ्नो राजनीतिक सम्बन्धमा प्रभाव पर्ने किसिमको नीतिमा अघि बढिरहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा अहिले ट्रम्प जर्मनीमा आफ्ना सेनाहरु राख्ने विषयमा पुनरावलोकनको क्रममा रहेका छन् । जर्मनीमा ३५ हजार अमेरिकी सेना रहेका छन् ।

यस्तोमा अमेरिकाले जर्मनीका लागि आफ्नो सेनामा पैसा खर्च नगर्ने र जर्मनीमा रहेका अमेरिकी सेनाको रकम जर्मनीले बेहोर्नुपर्ने ट्रम्पले बताएका छन् । यस्तोमा भारतसँग पनि अमेरिकाले आगामी दिनमा कुनै महत्वपूर्ण सम्झौता गर्ने सम्भावना कम रहन्छ  । 

अमेरिका अहिले विश्व व्यापार संगठनबाट निस्किने विषयमा पनि विचार गरिरहेको छ । उसले डब्ल्यूटीओले सधैं अमेरिलाई प्रताडित गर्ने किसिमको काम गरिरहेको बताउँदै आएको छ । अमेरिकाले भारतसहित विश्वका अन्य मुलुकहरुले अमेरिकाबाट अर्बौ डलर ठगिरहेको आरोप पनि लगाउँदै आएको छ । 

गत साता भारतीय वाणिज्य मन्त्रीले पनि अमेरिकाको भ्रमण गरी अमेरिकी अधिकारीहरुसँग व्यापारको विषयमा मनाउने प्रयास गरेका थिए । अहिले भारतसँगको व्यापारघाटा २३ अर्ब डलर रहेकोमा त्यसलाई अमेरिकी हतियारहरु तथा सामग्रीहरु खरिद गरी शून्यमा झार्नसकिने प्रस्ताव भारतले गरे पनि अमेरिकाले उसको प्रस्ताव अस्वीकार गरेको हो । जसले अमेरिका–भारत सम्बन्ध थप कमजोर बन्नसक्ने देखिन्छ।(नवभारत टाइम्सको सहयोगमा)



नयाँ