arrow

वैकल्पिक विमानस्थलका लागि जग्गा नदिने दंगेलीहरुको अडान 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
dang_district_map.png

तुलसीपुर । सरकारले दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने नीति अघि सारेको भन्दै नारायणपुरवासी आन्दोलित बनेका छन् । 

सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रममा दाङमा वैकल्पिक विमानस्थलको प्रक्रियालाई अघि बढाउने कुरा समावेश गरेको छ । 

तुलसीपुरमा विमानस्थल हुँदाहुँदै वैकल्पिक विमानस्थलको खोजी गर्नु उचित नभएको उनीहरुको भनाइ छ । तुलसीपुरको टरिगाउँ विमानस्थललाई स्तरवृद्धि गरी हवाई सेवा नियमित बनाउनुपर्ने ठाउँमा वैकल्पिक विमानस्थल बनाउने नीति अगाडि बढाउनु औचित्यपूर्ण नभएको उनीहरुको भनाइ छ ।

उनीहरुले वैकल्पिक विमानस्थल निर्माणका लागि जग्गा नदिने समेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ