arrow

सिङ्गापुरको वाटरथेरापीले काम गर्‍यो, प्रचण्ड पत्नी सीता फर्कदै

logo
प्रकाशित २०७५ असार १७ आइतबार
sita.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । सिङ्गापुरको स्वीमिङ पूलमा वाटरथेरापी  र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको हो ।
 
स्वास्थ्यमा सुधार आएसँगै उनिहरु आइतबार राति काठमाडौँ आउँदैछन् । उनिसँगै गएका  छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् ।  

यसअघि उपचारका लागि सिङ्गापुर पुगेकी सीताको वाटरथेरापीको उपचारसँगै स्विमिङ सिक्दै गरेको तस्वीर सार्वजनीक भएको थियो । सीता सो तस्विरमा स्विमिङ क्याप र टीसर्ट लगाएकी देखिएकी थिइन् ।  डाक्टरहरुको सुझाव अनुसार वाटर थेरापीबाट तनाव मुक्त गराउन स्विमिङ पुलमा लगिएको हो ।

छोरा प्रकाशको  मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। काखका छोराछोरी गुमाउनुपर्दा सीता पिडित रहेकी छन्।  प्रकाशको  मृत्यु  अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको देखिन्छ भने उनको पटक पटक विदेशमा उपचार हुँदै  आएको छ ।

सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ । यसअघि उनको विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको थियो । उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा उनि सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिएका थिए ।

सो तस्वीर फेसबुमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सामाजिक सञ्जालमा शेयर गरेका थिए । सार्वजनिक भएको सीताको तस्विरमा उनी निकै गलेको रुपमा देखिएको थियो। उनले भिआइपी कक्षमा केहि समय रहँदा समेत स्थिर हुन नसकी सुतेको अवस्थामा तस्विर सार्वजनिक भएको थियो ।

तीन महिनापछि उनि पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताइन् ।श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएकी थिइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ