निषेधाज्ञा तोड्ने कुरा कांग्रेसको वक्तव्यमै सिमित, युथ कांग्रेस सडकमा
प्रकाशित २०७५ असार १७ आइतबार
466
Shares
काठमाडौं । काठमाडौंको माइतीघरलगायतका स्थानहरुमा सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका युथ काँग्रेसका छ जना अभियान्ताहरु पक्रा परेका छन् ।
अनामनगर प्रहरीले विरोध प्रदर्शन गरिरहेको अवस्थामा सचिन तिमिल्सिना , अनिलप्रताप अधिकारी , राजकुमार गुरूङ सुनिल थापा, अभिनाश सिलवाल, महेश दुलाल र चेतन बुढाथोकीलाई पक्राउ गरेको हो । उनीहरुलाई माइतीघर मण्डलाबाट आइतबार पक्राउ गरेको हो ।
नेपाली कांग्रेसका शुभेक्छुक तथा नेपाली कांग्रेसका भातृ संगठनमा नरहेका युवाहरुले युथ कांग्रेस अभियान चलाउदै आएका छन् । विशेष गरि शहरि क्षेत्रमा उनिहरु सक्रिय रहदै आउका छन् । विभिन्न पेशा व्यवसाय गर्ने गर्ने युवाहरु यसमा जुट्दै आएका छन् ।
सरकारले जारि गरेको `निषेधाज्ञा´ तोड्ने कांग्रेसले घोषणा गरेपनि अहिलेसम्म कुनै कार्यक्रम ल्याउन सकेको छैन । कांग्रेसले घोषणा गरेको भोलिपल्ट विवेकशील साझा पार्टी माइतीघरमा विरोध गर्न पुगेको थियो । सार्वजनिक कार्यक्रम तथा विरोध प्रदर्शन गर्न नपाउने निर्णयको विरुद्धमा प्रदर्शनमा उत्रिएका विवेकशील साझाका संयोजक उज्वल थापासहित कार्यकर्ताहरु प्रहरीले गिरफ्तारीमा परेका थिए ।
सरकारका तर्फबाट गृह मन्त्रालयले पत्रकार सम्मेलन गरि माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाएको जानकारी दिए लगत्तै काँग्रेस प्रवक्ता शर्माले `निषेधाज्ञा´ उचित समयमा तोडिने चेतावनी दिए पनि कांग्रेसले विरोध कार्यक्रम नगरेको कारण युथ कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।
यसअघि सरकारले काठमाडौंका सात स्थानमा मात्र प्रदर्शन गर्न पाउने नियम अघि सारेको थियो । साथै सरकारले निषेधित क्षेत्र कडाइका साथमा कार्यान्वयन गराउने बताएको थियो ।