arrow

कपिलवस्तु प्रहरीद्वारा अवैध भारतीय रुपैया, चरेस र हतियार वरामद

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार १७ आइतबार
abhada.jpg

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालयले भारतबाट नेपाल ल्याउदै गरेको अवैध भारतीय रुपैया, नेपालमै वसारपसार गरेको चरेस र अवैध हतियार वरामद गरेको छ ।

बरामद गरेको सामग्री र आरोपीहरुलाई कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । असार १६ गते कृष्णनगरमा भारतबाट नेपाल आउने सवारी साधन नियमित चेकजाच गर्दा एच आर ०८ एक्स ६०८८ नंको कारबाट १३ लाख १३ हजार ६ सय ६० भारतीय रुपैया पक्राउ गरेको छ । उक्त कारमा सवार भारत हरियाणका राजेन्द्र जाट र कैलाली गौरीगगा नगरपालिकाका ६ बनभेडा घर भइ भारतको हरियाणमा होटल संचालन गर्ने महेन्द्र ओझालाई पक्राउ गरिएको छ । उक्त भारतीय रकम राजस्व अनुसन्धान विभाग ललितपुर पठाइने प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताए ।

उता तौलिहवाबाट जहदी आउदै गरेको लु २३ प ८८३ नं को मोटरसाइकलमा चेकजाच गर्दा रिभल्भर १ थान  वरामद गरिएको प्रहरीले जानएको छ । हतियारसंगै कपिलवस्तु ११ जहदीका मतेश्वर अहिर र सोही स्थानका नन्दकिशोर यादवलाई प्रकाउ गरिएको छ । त्यस्तै शिवराज नगरपालिकाको उमरि चौकमा रा ३ प २३४३ नं को मोटरसाइकल चेकजाच गर्दा २२ किलो चरेस बरामद गरिएको छ ।

झोलामा ४४वटा पोका वनाई उक्त चरेस सबार गरेको प्रहरीले जनाएको छ । चरेस संगै रोल्पा थवाग गाउंपालिका ५ भई चन्द्रौटा वस्ने राश कुमार रोक्का, दाग तुल्सीपुर उप महानगरपालिका ६ का आशिष खड्का,  दाग तुल्सीपुर उप महानगरपालिका ६ का किरण प्रकाश वम रहेका छन् । उत्त आरोपिहरुलाई थप अनुसन्धान गरि आवश्यक कारबाही गरीने कपिलवस्तु प्रहरी प्रमुख मनोज कुमार यादवले बताए । साथै २ वटा ट्रकमा लैजादै गरेका ५० वटा गोरु समेत चन्द्रौटामा प्रकाउ गरी भन्सार चलान गरिएको यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ