arrow

राप्रपालाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन : कमल थापा

logo
प्रकाशित २०७५ असार १७ आइतबार
kamal-thapa-1.jpg.jpeg

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीले लिएको एजेण्डालाई सर्वसाधारणमाझ पुर्‍याएर आगामी निर्वाचनमा राप्रपालाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने बताएका छन् ।  

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आयोजनामा सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टहरुले बोकेको विचार गलत छ भन्ने प्रमाणीत भैसकेको भन्दै वैचारीक दृष्टिकोणबाट राप्रपा अव्वल रहेको बताए । विदेशीहरुले कांग्रेस र कम्युनिष्टहरुमार्फत लादेको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका कारण मुलुक विखण्डनतर्फ उन्मुख भएको भन्दै उनीहरुकै कारण देशको अर्थतन्त्र अत्यन्तै कमजोर भएको र प्रत्येक दिन २ हजार युवाले सानो रोजगारिको लागि मुलुक छोड्नुपर्ने वाध्यता रहेको उनले बताए ।

विगतको पराजयलाई इखको रुपमा लिएर संगठन विस्तारमा लाग्न युवा संगठनलाई आग्रह गर्दै अध्यक्ष थापाले पार्टीको एजेण्डालाई गाउँ–गाउँ, टोलटोलमा पुर्‍याउन सके राप्रपालाई मुलुकको अग्रणी शक्ति बन्नबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका महामन्त्री एवं सांसद राजेन्द्र लिङदेनले कांग्रेस अकर्मण्य र कम्युनिष्ट सर्वसत्तावादी भएकोले त्यसको विकल्पमा राप्रपा बाहेक कुनै शक्ति नभएकोले पार्टीले अवलम्बन गरेका एजेण्डालाई दुर दराजमा पुर्‍याएर जनताको मन जित्न संगठन निर्माणमा केन्द्रीत हुन युवाहरुलाई आग्रह गरे।

 ९४ प्रतिशत ओमकार परिवारले बसोबास गरेको देशमा आफ्ना एजेण्डाहरुलाई जनताको घरदैलोमा पुर्‍याउन सके आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने बताउँदै महामन्त्री लिङदेनले निर्वाचन आउन अब थोरै मात्र समय छ भन्ने मानसिकता राखेर संगठन विस्तारमा लाग्न पार्टीसम्बद्ध सबैमा आग्रह गरे।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढा, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल, उपाध्यक्ष ऋषीराज देवकोटा, महासचिब विनोद भारती लगायतले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका कर्णाली प्रदेश प्रमुख सन्तोषी शाहीको सभापतित्वमा सम्पन्न भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ