arrow

गगन थापालाई प्रसाईँको प्रतिउत्तर - ओली-प्रचण्डलाई दाल, भात मात्र खुवाएको हुँ

logo
प्रकाशित २०७५ असार १७ आइतबार
oli-_prchnd1.jpg

काठमाडौं ।  बि.एन.सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईँले  नेकपाकाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आफुले दाल, भात मात्र खुवाएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘उहाँहरुले मेरो घरमा साधारण दाल, भात खाँदापनि खै के कसौंडीको भाँडोमा खै चामलको भात ख्वायो भनेर मलाई माफिया भनेछन् ।'

आफूले नेपाललाई समृद्ध बनाउने उद्देश्यले दुईवटा कम्युनिष्ट मिल्नुपर्छ भनेर नै दुवै पार्टीका अध्यक्षहरुसँग आग्रह गरेको र त्यसको लागि पहलपनि लिएको सुनाउँदै प्रसाईले भने, 'हिजो मुलुकमा गणतन्त्र ल्याउनको लागि लड्ने म पनि हुँ।’

उनले  डा. गोविन्द केसीका मागहरु पूरा गर्नुपर्ने कुनै कारण नभएको तर्क गरे । उनले भने,‘दुई तिहाई सरकारले एउटा गोविन्द केसीको खुट्टामा ढोग्नुपर्ने ? गोविन्द केसी को हो र ? आफूले भनेको हुनुपर्छ भन्ने गोविन्द केसीको नाममा अरुले फाईदा लिँदैछन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा किन लगियो ? माईतीघरमा कागजका टोपी लगाएर आन्दालेन गर्नेहरुले हाम्रो पीडा बुझेका छन् ?’

पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापा विरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रसाईले भने,‘होला, गगन थापाले बोल्न जानेका होलान्, उनले मलाई भनिरहेका छन् अरे नेताहरुलाई भात खुवाएर मेडिकल माफिया उम्किँदैछ, मैले चोरेको सम्पतिबाट मेडिकल कलेज खोलेको होईन, राज्यलाई कर तिरेको छु, ७ सय भन्दा बढिलाई रोजगार दिएको छु, नेपाल मेडिसिटि अस्पताल हाम्रो प्रतिष्पर्धामा आएको छ, नभए नेपालमा हाम्रोजति सुविधा सम्पन्न अर्को निजि मेडिकल कलेज छैन् हामीलाई समेत किन माफिया भनिदैछ ?’

गगन थापाले आइतबारको प्रतिनिधि सभाको बैठकमा पार्टीगत स्वार्थमा एकीकरणको अवसरमा नेताहरुलाई घरमा बोलाएर चरेसको थालमा मार्सी धानको भात खुवाउने मानिसले मेडिकल खोल्न पाउने नियमका लागि संसदमा यो विधेयेक ल्याइएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ