arrow

कवर्डहलकाे भुइँमै सुतेका डा . केसीको स्वास्थ्य खराब, प्रशासनले अस्पताल लैजान दिएन

हल वरपर दिसाको दुर्गन्ध, डाक्टर भन्छन्–यस्तोमा उपचार गर्न सकिँदैन 

logo
प्रकाशित २०७५ असार १७ आइतबार
dr._k_c_.JPG

जुम्ला । अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएको छ । हिरासतमै अनसन बसेका उनलाई प्रहरीले जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा राखिदियाे । उनी कवर्डहलकाे भुइँमा सुतिरहेका छन् । केसीको स्वास्थ्य विग्रँदा समेत प्रहरी प्रशासनले उपचारका लागि अस्पताल लान दिएन । 

बरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक चिकित्सकलाई त्यहाँ गएर हेरविचार गर्न भनेको छ । तर, कवर्ड हल बाहिर फोहर छ । साह्रै गन्हाउँछ । झ्याल खोल्न मिल्दैन । भित्र बत्ति पनि छैन । 

प्रतिष्ठानले डा.केसीको उपचारका लागि डा.प्रविण गिरीको संयोजकत्वमा तीनजना डाक्टरलाई खटाएको छ। खुला हलमा थुनुवा सरह सुताईएका छन् डा.केसी । उपचारमा खटिएका डा.प्रवीण गिरीले भनेका छन्, हामी त नाक थुनेर बसिरहेका छौँ, यस्तो हलमा उपचार सम्भव छैन ।’  उनले अगाडि भनेका छन्,  ‘ यस्तो फोहोर ठाउँमा उपचार गर्न सकिँदैन, हलभित्र दिसा र पिसाबको मात्रै गन्ध आइरहेको छ ।’ बत्तीको व्यवस्था छैन, अस्पतालमा लिएमा मात्रै उहाँको उपचार हुन्छ । प्रशासनले अस्पताल लैजान दिएको छैन, उनले भने । 

शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट प्रहरी नायव उपरीक्षक . तपन दाहाल आफैंले पक्राउ गरी डा. केसीलाई प्रहरी कार्यालयमा राखेका थिए । प्रहरीको हिरासतबाटै अनशनको घोषणा गरेपछि डा.केसीलाई डिएसपी दाहाल आफैंले सुरक्षा घेरामै कवर्ड हलमा ल्याएर राखे । उनलाई हलमा राखेर उनी फरार जस्तै भए । आइतबार दिनभर कतै देखिएनन् । सम्पर्क गर्दा पनि उपलब्ध भएनन् । 

तर, डा.केसीलाई कवर्ड हलमा पनि प्रहरी पहरा छ। डिएसपी दाहाल मोबाइल बन्द गरेर बसेका छन् । सीडीओ सा’व त झन् फोन उठाउँदैनन् । सरकारले घोषणा गरेको निषेधित क्षेत्र नहटाएसम्म डा.केसीले पनि अस्पताल नजाने बताएका छन् । स्थानीय प्रशासनले गृह मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि दुई सय मिटरभित्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ