arrow

नारायणगढ–मुग्लिन सडकखण्ड र सिद्धार्थ राजमार्गको विजोग, यसरी चलाइदैछ सवारी

logo
प्रकाशित २०७५ असार १८ सोमबार
Mugling-Narayanghat.jpeg

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड वर्षातका लागि अभिषाप नै बनेको छ । यो सडकखण्डमा सोमबार कालीखोला, तोपे खोला र जलविरेमा सवारी साधनलाई एक लेनमा आलोपालो गरी चलाइएको प्रहरीले जनाएको छ । 

उक्त स्थानहरुमा सोमबार बिहान पहिरो झरेकाले सवारी साधनलाई आलोपालो चलाइएको छ । पानी परिरहेका कारण पहिरो झर्ने क्रम जारी रहेकोले तत्कालै पहिरो पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । 

यता, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाँउपालिका ३ हेडबक्समा पनि आइतबार राति सवा ११ बजे खसेको पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । 

पहिरोका कारण पाल्पा, गुल्मी, स्याङजा, कास्कीमा संचालन हुने सवारी साधनको आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

पानी परिरहेका कारण अवरुद्ध सडक खुलाउने समय लाग्ने भएको छ । सोमबार मुलुकभरै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ