arrow

अफगानिस्तानमा आत्मघाती बम विष्फोट, १९ जनाको ज्यान गयो 

logo
प्रकाशित २०७५ असार १८ सोमबार
afghanistan1.jpg

काठमाडौं । अफगानिस्तानको जलालवाद सहरमा आत्मघाती विष्फोट भएको छ । विष्फोटमा अल्पसंख्यक शिख समुदायका मानिसहरुसहित १९ जनाको ज्यान गएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार शिख समुदायका मानिसहरु राष्ट्रपति असरफ घानीलाई भेट्न गइरहेका थिए । मृत्यु हुनेमध्ये एक शिख समुदायका मानिस आगामी अक्टोबर महिनामा हुन गइरहेको संसदीय निर्वाचनमा उठ्ने तयारीमा रहेका थिए । 

घटनाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको छ । यो आक्रमण हुनुभन्दा केही घण्टाअघि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले जलालवादमा एक अस्पतालको उद्घाटन गरेका थिए । अधिकारीहरुले दिएको जानकारीअनुसार विष्फोट भएको क्षेत्रमा सो अस्पताल नरहेको बताएका छन् । 

अफगानिस्तानको काबुलमा रहेको भारतीय राजदूतावासले यो आक्रमणमा भत्र्सना गरेको छ । मृत्यु हुनेमा शिख नेता अवतार सिंह खाल्सा रहेको बताइएको छ । आगामी निर्वाचनमा उठ्न लागेका उनी एकमात्र शिख नेता रहेका थिए । 

भारतीय राजदूतावासले यो आक्रमणले आतंकवादको विरुद्ध लड्नका लागि विश्वका सबै मुलुकहरु एक भएर अघि बढ्नुपर्ने अवस्थाको सिर्जना भएको बताएको छ । यो आक्रमणमा मृत्यु हुनेमा १७ जना मानिसहरु शिख वा हिन्दू रहेको र थप २० जना मानिसहरु घाइते भएको बताइएको छ । 

आक्रमणकारीहरुले मुखाबेराताम स्क्वायर हुँदै गइरहेको गाडीलाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणबाट केही पसलहरु तथा भवनहरुमा गम्भीर क्षति पुगेको बताइएको छ ।

मुस्लिम मुलुक अफगानिस्तानमा केही शिख र हिन्दू समुदायका मानिसहरु पनि बस्ने गरेका छन् ।

Afghan police inspect the site of a blast in Jalalabad, Afghanistan, July 1, 2018

President Ashraf Ghani attends a meeting during his visit to Jalalabad, Afghanistan, 1 July 2018

Map locator



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ