arrow

मेक्सिकोमा वामपन्थी लहर, लोपेज स्पष्ट जितमा अग्रसर 

logo
प्रकाशित २०७५ असार १८ सोमबार
mexico-lopez.jpg

काठमाडौं । मेक्सिकोका वामपन्थी अन्द्रेज म्यानुअल लोपेज आब्राडोर स्पष्ट जितको लागि अग्रसर देखिएका छन् । आइतबार भएको राष्ट्रपतीय निर्वाचनमा उनले ५३ प्रतिशतभन्दा बढी मत पाइसकेका छन् । जबकी उनका निकटतम प्रतिस्पर्धीको मत उनको तुलनामा आधाभन्दा पनि कम रहेको छ । 

केही महत्वपूर्ण योजनाहरु अघि सारेको कारण लोपेजलाई यस किसिमको सफलता हात परेको बताइएको छ । उनका प्रतिस्पर्धीहरुले उनको जितमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

सत्ताधारी पार्टीका उम्मेदवार जोस एन्टोनियो मिएड तेस्रो स्थानमा देखिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लोपेजलाई आगामी कार्यकालको लागि राष्ट्रपति बनेकोमा बधाइ ज्ञापन गरेका छन् । 

आधिकारिक रुपमा भने लोपेजको जितको घोषणा हुन बाँकी रहेको छ । ६४ वर्षीय लोपेजले आफ्नो निर्वाचनर प्रचारको क्रममा भ्रष्टाचारलाई निर्मुल पार्ने प्रतिबद्धता गरेका थिए । साथै उनले मुलुकको तलब तथा पेन्सनमा पनि सुधार गर्ने बताएका थिए । 

मेक्सिकोको नयाँ कार्यकालका लाथि चुनिएका लोपेज अमेरिकी राष्ट्रपति ट्रम्पका कट्टर आलोचक हुन् । ट्रम्पले मेक्सिकोलाई लगाताररुपमा व्यापार तथा आप्रवासी समस्याको कारण बताइरहेको अवस्थामा मेक्सिकोले नयाँ राष्ट्रपति पाएको हो । 

ट्रम्प उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा)लाई पुनः परिभाषित गर्ने दिशामा अघि बढिरहेको र मेक्सिकोको सीमानामा पर्खाल लगाउने योजनामा अघि बढिरहेको छ ।

(L to R) Andres Manuel Lopez Obrador, Jose Antonio Meade and Ricardo Anaya

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ