arrow

मोदीलाई पक्राउ गर्न इन्टरपोलको 'रेड कर्नर नोटिस'

logo
प्रकाशित २०७५ असार १८ सोमबार
Interpol-HQ.jpg

काठमाडौं । भारतीय बैंक ठगीमा दोषी पाइएका फरार नीरव मोदीलाई पक्राउ गर्नका लागि इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । सोमबार इन्टरपोलले यो नोटिस जारी गरेको हो । यो विवरणमा विभिन्न मुलुकहरुलाई  मोदी समाउनका लागि खोजीको आग्रह गरिएको छ ।

सम्बन्धित मुलुकभन्दा बाहिर रहेको व्यक्तिलाई इन्टरपोलको माध्यमबाट पक्राउ गर्ने गरिएको छ । रेड कर्नर नोटिस जारी गर्नु अन्तर्राष्ट्रिय रुपमा पक्राउ पुर्जी जारी गर्नुबराबर हो । यससँगै उनी अब जुनसुकै समयमा पक्राउ पर्नसक्ने इन्टरपोलले बताएको छ ।


भारतीय बैंकमा एक खर्ब ३० अर्ब भारतीय रुपैयाँबराबरको ठगी गरेको आरोपमा मोदी सर्वाधिक खोजीको सूचीमा रहेका छन् । उनले पञ्जाव नेसनल बैंकको नाममा झुटो विवरण देखाएर ऋण लिएको पुष्टि भएको थियो ।

भारतले युरापियन मुलुकहरुमा पनि उनलाई पक्राउको लागि आग्रह गरिरहेको छ । सरकारले उनको पासपोर्ट रद्द गरिसकेको भए पनि उनी अवैधरुपमा विदेशमा बस्दै आएका छन् ।

नीरव मोदीका साथै उनका काका मेहुल चोस्कीमाथि बैंकमा ठगीको विभिन्न आधा दर्जन मुद्दाहरु लागेको थियो । जनवरी महिनाको पहिलो साता उनीहरु भारत छाडेर फरार भएका थिए । उनीहरु फरार भएको भोलिपल्ट मात्र बैंकमा ठगी भएको खुलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ