arrow

रोल्पामा लगातारको वर्षाले पहिरो, तीनको मृत्यु

logo
प्रकाशित २०७५ असार १८ सोमबार
rolpa-district.png

रोल्पा । लगातारको वर्षाले घर भत्कँदा रोल्पामा एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका५ मा रहेको  सैबाङ गाउँका युवा राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरो घरमाथिबाट आएपछि कच्ची घर पुरियो । 

पहिरो खस्दा घरैमा रहेका राजकुमारकी २२ वर्षकी सुत्केरी पत्नी कमला र १८ दिने छोरी आयुषाको पहिरोमा पुरिएर मृत्यु भएको हो । यो घटनामा उनीहरुको छिमेकी दाइकी १५ वर्षीया छोरी चित्रा विकको समेत मृत्यु भएको हो । घटनापछि पुगेको प्रहरीको उद्धार टोली उद्धारमा खटिएका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताएका छन् । 

घरमाथि पहिरो खस्दा सुत्केरीसहितले भान्सा कोठामा आगो ताप्दै गरेकी थिइन् । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अधिक वर्षाका कारण घर भत्कनुअघि कसैले पनि सूचना नै  पाएनन् । 

सुत्केरी कमला दुर्घटनापछि घाइते भएकी थिइन् । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई उपचार गर्न होलेरीस्थित प्राथमिक सेवा केन्द्रतिर लैजान खोजिएको थियो । त्यही क्रममा कमलाको मृत्यु बाटैमा भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ