arrow

पहिरोमा श्रीमती र छोरी गुमाएका रोल्पाका राजकुमारलाई गाउँपालिकाको सहयोग

logo
एलबी मगर
प्रकाशित २०७५ असार १८ सोमबार
rolpa-help.jpg

रोल्पा। रोल्पामा सोमबार बर्साका कारण घर भत्किएर मृत्यु भएका घर परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ। रुन्टिगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जनही २५ हजार रुपैयाका दरले तत्कालका लागी किरिया खर्च बापत मृतकका आफन्तलाई राहत रकम उपलब्ध गराएका हुन्।

अध्यक्ष बुढाले पीडितलाई थप राहत रकम पछि दिइने समेत बताए । पीडित परिवारलाई रेडक्रस शाखाले समेत खाद्यान्न, त्रिपाल, भाडाकुडा जस्ता राहत सामाग्री उपलब्ध गराएको थियो।

घर भत्कदा एक शिशु सहित ३ जनाको मृत्यु भएको थियो। बर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै तीन जनाको मृत्यु भएको थियो। 

प्रहरीका अनुसार अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका ५ मा रहेको  सैबाङ गाउँका युवा राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरो घरमाथिबाट आएपछि कच्ची घर पुरिएको थियो। 

पहिरो खस्दा घरैमा रहेका राजकुमारकी २२ वर्षकी सुत्केरी पत्नी कमला र १८ दिने छोरी आयुषाको पहिरोमा पुरिएर मृत्यु भएको हो । यो घटनामा उनीहरुको छिमेकी दाइकी १५ वर्षीया छोरी चित्रा विकको समेत मृत्यु भएको हो । 

घरमाथि पहिरो खस्दा सुत्केरीसहित भान्सा कोठामा आगो ताप्दै गरेकी थिइन् । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अधिक वर्षाका कारण घर भत्कनुअघि कसैले पनि सूचना नै पाएनन् । 

सुत्केरी कमला दुर्घटनापछि घाइते भएकी थिइन् । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई उपचार गर्न होलेरीस्थित प्राथमिक सेवा केन्द्रतिर लैजान खोजिएको थियो । त्यही क्रममा कमलाको मृत्यु बाटैमा भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ