arrow

पर्यटनलार्इ प्राथमिकता राख्दै सकियो सिनपाको नगरसभा

logo
आचार्य प्रदिप
प्रकाशित २०७५ असार १९ मंगलबार
siddhartha-nagarpalika.jpg

बुटवल । सिद्धार्थनगर नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । असार १० गतेबाट शुरु भएको सभा सोमबार दिउँसो सम्पन्न भएको हो । सभाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै सिद्धार्थनगरलाई पर्यटकीय नगरको रुपमा विकास गर्ने घोषणा गरेको छ  । 

सभाले डण्डा क्षेत्रलाई जल पर्यटन क्षेत्र घोषणा गर्दै त्यहां पार्क निर्माणको लागी १ करोड छुट्टाएको छ। यसैगरी नेपाल भारत सीमा नाका बेलहियामा लुम्बिनी झल्कीने प्रवेशद्धार, डण्डामा बोटिंग, बेलहिया देखी भैरहवा सम्मको सडकको दायाबाया  बुद्धमूर्ति राख्ने र सिद्धार्थनगरभित्रका सबै घरहरुमा बुद्धकलर लगाउनेगरी विभिन्न योजना सहितको नगर प्रमुख हरि प्रसाद अधिकारीले आर्थिक वर्ष २०७५।०७६ को लागी २ अर्ब ४९ लाख ८१ हजार रुपैयां बराबरको प्रस्तावित  बजेट पारित गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले जनाए ।

सिद्धार्थनगरले आगमी वर्ष नगरमा बसोबास गरिरहनु भएका ८५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुको सम्मानका लागि घरघरमा गई स्वास्थ्य परीक्षण गर्नेगरी बजेट पास गरेको छ । यसैगरी नगरलाई हरितनगरको रुपमा विकास गर्नका लागि वृक्षारोपण सम्बन्धी विशेष कार्यक्रम तयार पारी ५ वर्ष भित्रमा सबै सडक छेउ,खाली सार्वजनिक र एैलानी जग्गाहरुमा वृक्षारोपण गरिने, महिला सशक्तीकरणका लागि विभिन्न कार्यव्रmमहरु संचालन गरिने,  दाइजोप्रथा, महिला हिंसा, बालविवाह रोक्नेगरी कार्यक्रम अगाडी बढाउनेगरी प्रस्ताव पारीत गरेको छ ।

सभाले नेपाल सरकारबाट जारी भएको भू­उपयोग नीतिको कार्यान्वयन तथा निजी क्षेत्रबाट संचालन गरिने जग्गा विकास कार्यलाई प्रभावकारी र व्यबस्थित गर्न आवश्यक पहल गरिने गरी प्रस्ताव पारित गरेको छ । सभामा लक्षीत तथा समाबेशी विकासतर्फ पनि विशेष महत्वका साथ स्थान दिईएको छ ।

करेशाबारी कौशिखेती टोलटोलमा बोटबिरुवा रोप्ने नीति अवलम्बन गरिने,  हाटबजारमा सामुदायिक भवन अन्र्तगत व्यवस्थित बजार निर्माण गर्ने, प्रदेश सरकारले बजेटमा उल्लेख गरेअनुसार नगरका जनप्रतिनिधीलाई तलब तथा सेवासुधिवा प्रदान गर्ने लगायतका दर्जनौं प्रस्तावहरुमाथी नगरका सदस्यहरुले दफादार छलफल गरी पारीत गरेका हुन् । सभामा नगरसभासदहरुले उठाएको जिज्ञासाको जवाफ प्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्ले दिएका थिए ।

सिद्धार्थनगरपालिकाले आगमी वर्षमा नगरपालिकाबाट गरिने लगानीमध्ये भौतिक पूर्वाधारमा १ अर्व ५७ करोड ४७ लाख ९५ हजार (७८.५४ प्रतिशत) रहेको छ । भौतिक पूर्वाधारतर्फ विनियोजित रकममध्ये सडक, सतह ढल र फोहोरमैला प्रशोधन केन्द्रमा रु १ अरव ३९करोड विनियोजित गरिएको छ । 

सभाले नियमित नगर सरसफाईतर्फ २ करोड ३० लाख, सडक बत्ती व्यबस्थापनका लागि रु ४० लाख स्वीकृत गरिएको छ । सामाजिक विकास अन्तर्गत महिला, बालबालिका, दलित, जनजाति, अपांग, ज्येष्ठ नागरीक, मुश्लिम आदि लक्षित वर्गको विकासका लागि रु ३७ लाख५८ हजार विनियोजीत बजेट स्वीकृत गरिएको छ ।

५० हजार नगद सहित पत्रकार केसी सम्मानित
नगरसभाको अवसरमा पत्रकार नरेश के।सीलाई सम्मानित गरिएको छ । लुम्बिनीखबर पत्रिकाका सम्पादक केसीलाई सिद्धार्थनगरको समग्र विकासका लागी पत्रकारिताको माध्ययमबाट उल्लेखनीय योगदान दिएको भन्दै नगरको तेस्रो सभाको अवसरमा नगद ५० हजार सहित मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले सहितले नगद , प्रमाणपत्र र माला लगाईदिएर सम्मान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ