arrow

भारी वर्षाले गुफाभित्र थुनिएका फुटबल खेलाडीहरु नौ दिनमा सकुशल फेला, उद्दार के होला

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
trapped-boys.jpg

काठमाडौं। थाइल्याण्डको एक गुफामा थुनिएका १२ फुटबल खेलाडी तथा उनीहरुका प्रशिक्षकलाई सोमबार नौ दिनमा फेला पारिएको छ। तर उनीहरुको उद्दार के होला भन्ने प्रश्न खड्किएको छ। निरन्तर उनीहरुको उद्दारको प्रयास भए पनि सफलता हासिल हुन सकेको छैन। उद्दार टोलीले गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारे पनि उद्दार गर्न सकेको छैन। 

चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा ११ देखि १६ वर्षका उनीहरु थुनिएका हुन्।  प्रशिक्षक २५ वर्षे हुन् । गुफामा पानीको स्तर बढेको र गुफाभित्र लेदो पसेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन्। उद्धारका लागि बेलायती गोताखोरको टोली खटिएको छ । टोलीले थुनिएका बालकहरुसंग कुराकानी गरेका थिए।

उद्दारकर्मीहरुले उनीहरुलाई बहादुरको संज्ञा दिएका छन्। उनीहरु गुफाभित्र बाढीको पानीले नभेट्ने एउटा ढिस्कोमा बसेका छन्। उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि मंगलबारबाट उद्धारकर्मी जुट्ने जनाइएको छ । तर सहजै सफलता हासिल हुनेमा उद्दारकर्ताहरु विश्वस्त हुन नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्। खेलाडीहरुले आफूहरुको उद्दार हुनेमा खुशी भएका छन् । उनीहरुका अभिभावक पनि खुशी भएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ