arrow

पानी नपरेको झोंकः इरानले इजरायललाई लगायो बादल र बरफ चोरेको आरोप

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
iran-israel.jpg

काठमाडौं । इरानले इजरायललाई बादल र बरफ चोरेको आरोप लगाएको छ । इरानका एक सैन्य अधिकारीले इजरायललाई बादल र बरफ चोरेको आरोप लगाएका हुन् । 

उनले इजरायलले इरानको मौसममाथि समेत धावा बोलेको बताएका छन् । यसकै कारण वर्षा नभएको उनको निष्कर्ष छ । इरानका ब्रिगेडियर जनरल तथा सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीले इरानको जलवायु आशंकाको घेरामा रहेको समेत बताएका छन् । 

उनले यसमा विदेशी हस्तक्षेपको अहम् भूमिका रहेको समेत बताए । उनले इजरायलसहित केही देशहरु इरानमा बादल आए पनि वर्षा नहोस् भन्ने चाहेको आरोप पनि लगाए । 

जलालीले अफगानिस्तान तथा भूमध्य सागरको बीचको २२०० मिटरको पहाडी हिस्सा बरफले ढाकिएको भए पनि इरानमा किन भएन भनी प्रश्न गरेका छन् । 

इरानले सन् २०११ मा पनि वर्षा चोरीको आरोप लगाएको थियो । पूर्व राष्ट्रपति महमुद अहमदिनेजादले पनि पश्चिम देशहरुले मौसम चोरेको आरोप लगाएका थिए । 

जलालीको यो भनाइलाई इरानको मौसम विभागले असहमति जनाएको छ । मौसम विभागका प्रमुख अहद वजिफले कुनै पनि देश बादल या बरफ चोरी गर्न नसक्ने स्पष्ट पारेका छन् । 

उनले इरानमा लामो समयदेखि सुख्खा हुनु प्राकृतिक विपत्ति भएको पनि स्पष्ट पारेका छन् । उनले यस्ता बेतुकका सवाल खडा गरेर समस्याको समाधान नहुने भन्दै समाधानका लागि जुट्न अपिल गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ