arrow

ट्रम्पको भ्रमणमा प्रतिबन्ध नीतिः कुन देशलाई कस्तो असर ? 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
donald-trump.jpeg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणमा प्रतिबन्ध गएको डिसेम्बर महिनामा लागू गरिएको थियो । तल्लो अदालतले ट्रम्पको यो योजनालाई असंवैधानिक ठहर गरेको थियो तर हालसालै अमेरिकाको सर्वोच्च अदालतले यसलाई जायज ठहर गरेको छ । 

के हो भ्रमणमा प्रतिबन्धको नीति ? 
ट्रम्पको प्रशासनले लिबिया, सोमालिया, सिरिया, यमनजस्ता मुस्लिम मुलुकहरुका प्रवासी तथा गैर–प्रवासी भिजा जारी गर्नका लागि अनिश्चितकालका लागि रोकेको थियो । अमेरिकाको यो भ्रमणमा प्रतिबन्धको निर्णयमा भेनेजुयला र उत्तर कोरिया पनि सामेल रहेका छन् । 


कति मानिसहरु प्रभावित हुन्छन् ? 
प्रवासीहरुको हितको लागि काम गर्ने समुहले सार्वजनिक गरेको विवरणअनुसार अमेरिकाको यो भ्रमणमा प्रतिबन्धको नीतिले १३ करोड ५० लाखभन्दा बढी मानिसहरु प्रभावित बन्न सकछन् । जसमा अधिकांश मुस्लिम समुदायका मानिसहरु रहेका छन् । इरानका मानिसहरु यो प्रतिबन्धबाट प्रभावित हुनेछन् । इरानका ८ करोड मानिसहरु प्रतिबन्धको कारण प्रभावित बन्नसक्ने देखिएको हो । 

के यो साँच्चै मुस्लिममाथिको प्रतिबन्ध हो ? 
अमेरिकाको यो नीति मुस्लिम नागरिकहरुलाई ल्याइएको भन्दै आलोचना हुँदै आएकोमा अमेरिकी अदालतले भने यो प्रतिबन्ध कुनै पनि धर्म विशेषका लागि लगाइएको नतिजा नरहेको बताएको छ । केही मानिसहरुलाई छुट दिने र उत्तर कोरिया तथा भेनेजुयलाजस्ता मुलुकहरुलाई पनि यो फैसलामा समावेश गरिएको कारण यो प्रतिबन्ध मुस्लिमहरुलाई लक्षित गरी नल्याइएको अमेरिकी अदालतको स्पष्टोक्ति रहेको छ । 

आलोचकहरुले भने उत्तर कोरिया र भेनेजुयलाका संभावित प्रवासी अमेरिकामा करिब शून्यको हाराहारीमा रहेको छ । भेनेजुयलाको हकमा अमेरिकाले केही अधिकारीहरुलाई मात्र यो नियम लागू गरेको छ भने उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई अमेरिका जाने अनुमति निकै कम मात्र दिने गरेको छ । 

कुन मुलुकलाई सबैभन्दा धेरै असर ? 
जनासंख्याको हिसाबमा भन्ने हो भने इरान सबैभन्दा प्रभावित भएको छ । अमेरिका र इरानको बीचमा लामो समययता तनावको अवस्था रहेकोमा अहिलेको अवस्थामा उनीहरुको सम्बन्ध थप कमजोर बन्न पुगेको छ । यद्यपि हजारौं इरानी विद्यार्थीहरु पढाइको लागि अमेरिका जाने गरेका छन् । एक अनुमानअनुसार अहिलेको योजनाले करिब १० लाख अमेरिकी–इरानीहरुमा भ्रमण प्रतिबन्धको असर पर्नेछ । 
प्रतिबन्धमा परेका मुलुकहरुका विद्यार्थीहरुलाई कस्तो असर पर्छ ?
 
अमेरिकाको यो नीतिमा विद्यार्थीहरुलाई केही छुट दिइएको छ तर यसको अर्थ विद्यार्थीहरुलाई भिजा पाउन सजिलो हुन्छ भन्ने होइन । उनीहरुलाई भिजा पाउनका लागि निकै कडा परीक्षा दिनुपर्ने हुन्छ । साथै उनीहरुको आवेदन पूरा हुनका लागि महिनौंको समय लाग्न पनि सक्छ ।

भिजा पाएका विद्यार्थीहरुमा कुनै शंका उत्पन्न भएको खण्डमा सीमामा रोकेर सोधपुछ हुनसक्छ । यूनिभर्सिटि अफ क्यालिफोर्नियाका ‘स्कुल अफ ल’का डीन आर जोनसन इरानको मामिलामा जसले अमेरिकाको प्रस्ताव स्वीकार गरेर अमेरिका आउन चाहेका थिए अब उनीहरु अन्य कुनै मुलुकको खोजीमा रहेको बताएका छन् । 

नेसनल इरानियन अमेरिकन काउन्सिलकी अत्तध्यक्ष त्रिता पारसीले धेरै इरानी विद्यार्थीहरुलाई अमेरिका गएर पढे पनि त्यहाँ काम गर्ने वातावरण नमिल्ने भएको कारण यो भिजामा उनीहरुको रुचि नहुने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ