arrow

महाकाली नदीले तटबन्ध भत्कायो, स्थानीय त्रसित  

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ असार १९ मंगलबार
flood1.jpg

कञ्चनपुर । आईतरबारदेखि अबिरल रुपमा परिरहेको बर्षाका कारण महाकाली नदीले कञ्चनपुरमा निर्माणाधिन तटबन्ध भत्काउन शुरु गरेको छ । महाकाली नदीमा पानीको वहाव बढ्दै गएपछि भीमदत्त नगरपालिका–१२ ओदाली महाकाली पुल निर्माण स्थलमा बाँधिएको तटबन्धका ‘स्पर’ भत्काएको हो । उक्त स्थानमा बाँधिएको दुई स्पर भत्काएको स्थानीयले बताएका छन् । 

भीमदत्त नगरपालिका १२ ओदालीका स्थानीय दिपक विकले महाकाली नदीको सतह बढेपछि स्पर भत्काएको बताए । उनका अनुसार मंगलबार बिहादेखि एक स्पर पुरै भत्काएको छ, भने अर्को स्पर भत्काएको हो । 

 ‘नदीले तारजालीको भित्रबाटै ढुङ्गा बगाएर लागेको छ, ‘उनले भने, ‘बाँध नै भत्किए पुरै महाकाली गाँउ पस्ने खतरा छ ।’ जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख प्रचण्ड विष्टले लन्चिङ्ग अप्रोन भत्किको बताए । ‘अहिले महकालीमा पानीको वहाव बढि छ, ‘उनले भने, ‘स्थलगत अनुगमन गरेर पुर्ननिर्माण गछौँ ।’ 

भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा १ सय ७९ मिटर तटबन्धको निर्माण गर्ने जिम्मा पाएको थियो । ठेक्काको गत बैशाखमै सम्झौता सकिएपनि निर्माण कम्पनीले भुक्तानी नपाएका कारण देखाउदै काम रोकेकाले स्पर भत्किन लागेको स्थानीयको गुनासो छ । 

चालु बर्ष महाकाली नियन्त्रणका लागि ५६ करोडको टेण्डर आब्हान भएपनि निर्माण कम्पनीले समयमै सरकारले भुक्तानी नगरेको भन्दै काममा आलटाल गरेका थिए । जसका कारण आज महाकाली नदी नियन्त्रणमा समस्या भएको स्थानीयको भनाई छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लगातार बर्षाभएपछि महाकाली क्षेत्रमा सुरक्षाकर्मी हाईअलटमा राखेको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएपी ज्ञान बहादुर सेठीले नदीको वहावले तटबन्धका जारजाली बगाएको बताए । उक्त स्थानमा पानी घटेपछि पुर्ननिर्माण गरिने उनले बताए । मंगलबार महाकाली नदीको १ लाख ४० हजार क्युसेक पानीको सतह पुगेको छ । सोमबारदेखि भारतीय पक्षले बनबासा पुलमा ठुला सवारी  साधनमा रोक लगाएको छ । 

पुल सुरक्षाका लागि भन्दै भारतीय पक्षले बनबासा पुलमा पैदल, साईकल र मोटरसाईकल बाहेक अन्य ठुला सवारी साधन आवागमनमा रोक लगाएको हो । बर्षातका कारण कञ्चनपुरका डुला साना नदीमा वहाव बढेपछि तटिय क्षेत्रका स्थानी प्रभावित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ