arrow

गलत प्रश्न सोधेको भन्दै परीक्षा बोर्डलाई १ लाख ७५ हजार पाउण्ड जरिवाना 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
exam.jpg

काठमाडौं । गलत प्रश्न सोधेको भन्दै बेलायतको एक परीक्षा बोर्डलाई एक लाख ७५ हजार पाउण्डबराबरको जरिवाना लगाइएको छ । जीसीएसईको परीक्षामा ओसीआर परीक्षा बोर्डले सोधेको प्रश्न उत्तर नआउने किसिमको रहेको थियो । 

विश्वप्रसिद्ध नाटककार सेक्सपियरको नाटकको विषयमा उत्तर नआउने प्रश्न सोधिएको थियो । यद्यपि उक्त प्रश्न वैकल्पिक प्रश्न रहेको थियो । यो परीक्षामा १४२६१ विद्यार्थीहरु सहभागी भएका थिए जसमा ५ हजारले सो प्रश्नको उत्तर दिएका थिए । 

यो परीक्षामा सहभागी भएका एक विद्यार्थीले आफूले यो प्रश्न २–३ पटक पढेको तर केही पनि नबुझेको र यसले अलमल्याएको बताए । ब्रिङटन कलेजका हेडमास्टर रिचार्ड कार्यनसले यो प्रश्नले विद्यार्थीहरुमा कुनै पनि नकारात्मक असर परेको छैन भन्ने कुरा सुनिश्चित गर्न आवश्यक रहेको बताए । 

उनले प्रश्नपत्र तयार पार्ने क्रममा राम्ररी परीक्षण नगरिएको कारण यस किसिमको समस्या देखिएको बताए । स्कुल तगा कलेजले यस किसिमको कुनै समस्या नहोस् भन्नका खातिर वार्षिकरुपमा हजारौं पाउण्ड रकम खर्च गरिरहेको अवस्थामा बोर्डबाट यस किसिमको लापरबाही हुनु दुखद रहेको अधिकारीहरुले बताएका छन् । 

ओसीआरले यस किसिमको गल्ती भएको भन्दै यसबाट प्रभावित बन्न पुगेका सबै समक्ष माफी मागेको छ । यो गल्तीको कारण २७३५ विद्यार्थीहरुलाई उनीहरुको प्रदर्शनको आधारमा नम्बर दिइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ