arrow

पार्टीको विभाग गठन र भातृ संस्थाका बारेमा सभापति देउवाले बोलाए बैठक

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
congress-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई आफ्नो निवास बुढानिलकण्ठ बोलाएका छन् । सभापति देउवाले  वर्तमान राजनीतिक अवस्था र महासमिति बैठकबारे छलफल गर्न शीर्ष नेताहरुलाई बुढानिलकण्ठ बोलाएका हुन् ।

मंगलबार ३ बजे बोलाइएको बैठकमा  भातृ तथा शुभेक्छुक संस्थाहरुको महाधिवेशनको बारेमा छलफल हुनेछ । बैठकमा विभागहरु गठनका बारेमा पनि छलफल हुनेछ ।

बैठकमा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका र तरुण दल लफडामा समेत छलफल हुनेछ ।  नेविसंघका केन्द्रीय सदस्यहरुले अध्यक्ष नैनसिंह महरले संगठनलाई नै कब्जामा लिएर सञ्चालन गर्न खोजेको आरोप लगाउदै महाधिवेशन माग गर्दै आएका छन् ।

   
सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठकमा नेपाल महिला संघ लगायतका बिषयमा छलफल हुनेछ। साथै  विधान संसोधनका बिषयमा समेत छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ