arrow

९ दिनमा फेला परेका खेलाडीहरुको उद्दार हुन एक महिना लाग्ने

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
trapped-boys.jpg

काठमाडौं । थाइल्याण्डको एक गुफामा थुनिएका १२ खेलाडी र एक प्रशिक्षक सकुशल फेला परेपनि उनीहरु त्यहाँबाट बाहिर निस्किनको लागि भने एक महिना लाग्नसक्ने थाइल्याण्ड प्रहरीले बताएको छ । उनीहरु उक्त गुफाबाट बाहिर निस्किनका लागि पौडी सिक्नुपर्ने वा एक महिनासम्म सोही गुफामा रहनुपर्ने थाइल्याण्डको प्रहरीले बताएको हो ।

थाइल्याण्डमा आएको बढी रोकिनका लागि अझै एक महिनालाग्नसक्ने बताइएको हो । थाइल्याण्डको एक गुफामा थुनिएका १२ फुटबल खेलाडी तथा उनीहरुका प्रशिक्षकलाई सोमबार नौ दिनमा फेला पारिएको हो ।

निरन्तर उनीहरुको उद्दारको प्रयास भए पनि सफलता हासिल हुन नसक्ने देखिएको हो । उद्दार टोलीले गुफामा थुनिएको नवौं दिन सोमबार उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारे पनि उद्दार गर्न सकेको छैन ।

चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा ११ देखि १६ वर्षका उनीहरु थुनिएका हुन् ।  प्रशिक्षक २५ वर्षे हुन् । गुफामा पानीको स्तर बढेको र गुफाभित्र लेदो पसेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारका लागि बेलायती गोताखोरको टोली खटिएको छ । टोलीले थुनिएका बालकहरुसंग कुराकानी गरेका थिए । उद्दारकर्मीहरुले उनीहरुलाई बहादुरको संज्ञा दिएका छन् । उनीहरु गुफाभित्र बाढीको पानीले नभेट्ने एउटा ढिस्कोमा बसेका छन् ।

उनीहरुलाई सुरक्षित रुपमा बाहिर निकाल्नका लागि मंगलबारबाट उद्धारकर्मी जुट्ने जनाइएको छ । तर सहजै सफलता हासिल हुनेमा उद्दारकर्ताहरु विश्वस्त हुन नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । खेलाडीहरुले आफूहरुको उद्दार हुनेमा खुशी भएका छन् । उनीहरुका अभिभावक पनि खुशी भएका छन् ।

पानीको सतह लगाताररुपमा बढिरहेको कारण उनीहरुको उद्धारमा समस्या आएको उद्धारकर्ताहरुले बताएका छन् । थाइल्याण्डमा बर्षाको मौसम भर्खर सुरु भएकाले अझै दुई महिना पानी पर्न सक्ने बताइएको छ । सेनाले उनीहरुका लागि आगामी चार महिनासम्मका लागि पुग्ने खाना भित्र पठाउन आवश्यक रहेको बताएको छ । थाइल्याण्डका गभर्नरले उनीहरुलाई अभिभावकहरुसँग कुरा गर्नको लागि टेलिफोन सम्पर्क बनाउने प्रयास भइरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ