arrow

जुम्लाका सीडीओलाई प्रश्न: डा. केसी प्रशासनको जिम्मामा हो ? उत्तर– ‘म एउटा मिटिङमा छु’ 

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
jumla_cdo.png

जुम्ला । चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिदै गएको छ । स्थानीय प्रशासनले अस्पताल लान दिएको छैन्। 

सोमबार साँझबाट उनको उपचारमा खटिएका चिकित्सकहरुले समेत दुर्गन्धित कवर्डहलमा कुनै प्रकारको जाँच गर्न नसकिने भन्दै जिम्मेवारी त्यागेका छन् । 

चिकित्सकहरुले डा. केसी चिकित्सकको निगरानी भन्दा बाहिर रहेको र अहिले स्थानीय प्रशासनले जिम्मा लिएको बताएका छन् । हामीले यहि कुरा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललाई सोध्यौँ । उनी जम्मा ७ सेकेण्ड मात्रै बोले । 

हामीले डा. केसी प्रशासनको जिम्मामा हो ? भनी प्रश्न गर्‍यौँ । उनले ‘म एउटा मिटिङमा छु’ भनी जवाफ फर्काए । हामीले यत्ति एउटा कुरा बताई दिनुस्, डा. केसी प्रशासनको जिम्मा हो ? जवाफमा उनले भने, ‘नेपाल सरकार नेपाली जनता सबैको हो । उहाँको सरकार पनि नेपाल सरकार नै हो ।’

घुमाउरो जवाफसँगै उनले अन्तिममा परिस्थिति हिजो, अस्ति जे थियो आज पनि त्यही हो, केही फेरिएको छैन, भने । यसको अर्थ स्थानीय प्रशासन केसीलाई अझै अस्पताल लैजान दिने मनस्थितिमा विल्कुल छैन भन्ने हो ।

स्थानीय प्रशासन निषेधित क्षेत्र घोषणाको आफ्नो अडानबाट पछि हट्ने पक्षमा छैन । त्यहि अडानकै कारण उसले केसी अस्पताल गएको हेर्न चाहँदैन । मुलुक संघीयतामा गए पनि सीडीओ राज कायमै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ