arrow

गगन थापाले सम्झिएः गिरिजाप्रसादको खुत्रुकेबाट राजा फालिएको दिन आयो गणतन्त्र

logo
प्रकाशित २०७५ असार १९ मंगलबार
Gagan-Thapa_img.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले शिखर पुरुष गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिका थुप्रै मुद्धाहरुलाई एकसाथ पर्गेल्दै आफ्नो मुद्धालाई स्थापित गर्न सक्ने विशिष्ट नेतृत्व क्षमताका धनीका रुपमा आफूले अनुभुति गरेको बताएका छन्।

राजधानीमा मंगलबार नेविसंघ प्रदेश नम्वर ३ ले स्वर्गीय कोइरालाको ९५ औं जन्मजयन्तिको अवसरमा गरेको कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य समेत रहेका थापाले कोइराला नेपाली राजनीतिको होलसेलर भएको बताए । 

‘गिरिजाप्रसाद राजनीतज्ञ मात्रै होइनन, नेपाली राजनीतिका होलसेलर नै हुन, राजा चाहने र गणतन्त्र चाहने सबैलाई एउटै खुत्रुकेमा अटाएर राजालाई ठेगान लाउँदै उनैले मुलुकमा गणतन्त्र ल्याए,’ नेता थापाले भने । 

गिरिजाप्रसादको नेतृत्वमा भएको १२ बुुँदे समझदारी नै नेपालको टर्निङ प्वाइन्ट भएको समेत उनले बताए ।
नेता थापाले काँग्रेस निर्वाचनमा पराजित भए यताको चार महिनामा काँग्रेस मुद्धामा समेत हार्दै आएको जनाए।

‘निर्वाचन त हारियो सकियो, सधैं चुनाव जितिन्छ भन्ने पनि हुँदैन, तर निर्वाचन सकिएको चार महिना बित्दा समेत कांग्रेसले मुद्धामा पनि हार्दै आयो,’ थापाले थपे , ' विगतमा चुनाव हारेको काँग्रेसलाई मुद्धामा जिताउन गिरिजाप्रसाद हुनुहुन्थ्यो तर आज हामी मुद्धामा हारिरहँदा उनै नेताको याद आउँदो रैछ। ' 

मुलुकमा राजनीतिक स्थिरताको भन्दा पनि संवैधानिक स्थिरताको चुनौती देखा परेको भन्दै उनले संघियतामाथी वर्तमान प्रधानमन्त्री केपी ओलीबाट नै खतरा देखिएको बताए। 

सरकारको निरंकुशता र अधिनायक प्रवृति सरकारले तोकेको निषेधित क्षेत्रले प्रष्ट्याएको भन्दै उनले गोविन्द केसीलाई समेत शान्तिपूर्वक आन्दोलनमा रोक्नुले सरकारको नियत प्रष्ट भएको जनाए । उनले सरकारको प्रवृतिका बिरुद्ध हजारौं गोबिन्द केसीहरु सडकमा उत्रिनु पर्ने अवस्था देखिएको समेत जनाए । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले कतिपय कांग्रेसी नेताहरुलाई अझै पनि सत्तामा नै छु भन्ने भान भइरहेको जनाए । प्रतिपक्षी भूमिकामा काँग्रेस कमजोर बन्दा सत्ताको मोह नहटेको महसुस भइरहेको उनले बताए। 

पूर्व रक्षामन्त्री समेत रहेको अर्का नेता भीमसेनदास प्रधानले कांग्रेसलाई बलियो बनाउन जनताको मन जित्ने नेतृत्वको खोजी हुनु पर्ने बताए । 

कार्यक्रममा काँग्रेस नेतृ धना खतिवडा, नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी लगायतले गिरिजाप्रसाद कोइरालाले नेपाली राजनीतिको क्षेत्रमा खेलेको भूमिका र विद्यार्थी राजनीतिका विषयमा चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ