arrow

बाढी पहिरोमा परी २३ जनाको मृत्यु 

logo
प्रकाशित २०७५ असार २० बुधबार
flood-tarai.JPG

काठमाडौं । लगातारको वर्षाले अहिलेसम्म बाढी र पहिरोमा परी कम्तिमा २२ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी २ जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बाँकेमा ४ जना, रोल्पामा ३ जना, सिन्धुलीमा २ जना, पर्सामा २ जना, सर्लाहीमा २ जना, मकवानपुरमा २ जना, चितवनमा १ जना,  काठमाडौमा १ जना, तनहुँमा १ जना, उदयपुरमा १ जना, सिरहामा १ जना, दाङमा १ जना, कैलालीमा १ जना र महोत्तरीमा १ जनाको ज्यान गएको छ । 

वर्षा अझै केही दिन रहने भएकाले अझै क्षति हुन सक्ने अनुमान गरिएको छ । गृहमन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ