arrow

मलेसियन पूर्वप्रधानमन्त्री माथिको मुद्दा ब्युँतियो 

logo
प्रकाशित २०७५ असार २० बुधबार
malaysia-najib-razak.jpg

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिव राजाकमाथि भ्रष्टाचारको विषयमा पुनः अनुसन्धान हुने भएको छ । दुई महिनाअघि नाटकीय रुपमा निर्वाचनमा पराजयको सामना गरेका राजाकमाथि शक्तिको दुरुपयोग गरेको र कोषमा हिनामिना गरेको मुद्दा लगाइएको थियो । 

राजाकले ७० करोड अमेरिकी डलरबराबरको रकम मलेसियाको विकास कोष एमडीबी) बाट हिनामिना गरेको आरोप लागेको छ । यद्यपि उनले भने कुनै किसिमको गलत काम नगरेको भन्दै यो मुद्दाबाट पन्छिँदै आएका छन् । 

गएको मे महिनामा भएको निर्वाचनमा पराजयको सामना गरेसँगै उनीमाथि अहिले अनुसन्धान पुनः सुरु भएको हो । मंगलबार मलेसियाको भ्रष्टाचार नियन्त्रण विभागले पक्राउ गरेको थियो र सोधपुछका लागि राखेको थियो । 

सामाजिक सञ्जाल ट्वीटरमा सार्वजनिक गरिएको एक भिडियोमा राजाकले जनताहरुलाई यो विवरण सबै साँचो नरहेकोले यसमा विश्वास नगर्न आग्रह गरेका छन् । 

राजाकमाथि लगाइएको मुद्दामा उनलार्य बढीमा २० वर्षको जेल सजाय हुनसक्छ । १एमबीडीको स्थापना सन् २००९ मा राजाकले गरेका थिए । जसको उद्देश्य क्लालालम्पुरलाई आर्थिक केन्द्र बनाउँदै आर्थिक सुधार गर्नु रहेको थियो । 

सन् २०१५ मा यो कोषले ११ अर्ब डलरबराबरको भुक्तानी दिन बाँकी रहेको विवरण सार्वजनिक भएपछि भने यस विषयमा नकारात्मक चासो बढेको थियो । 

यसअघि नाजिवले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए र उनलाई मुलुकको आधिकारिक विभागले पनि उन्मुक्ति दिँदै आएको थियो । यद्यपि उनको विषयमा पटकपटक अनुसन्धान भने हुँदै आएको थियो । 

यो मुद्दाको कारण गएको निर्वाचनमा ९३ वर्षीय नेता महाथिर मोहम्मदले निर्वाचनमा जित हासिल गरेका थिए । उनले यो मुद्दामा पुनः अनुसन्धान हुने आश्वासन दिएका थिए भने राजाकलाई मुलुक छाड्न प्रतिबन्ध लगाएका थिए । 

पछिल्लो समय राजाक र उनकी श्रीमतीको सम्पत्तिमा छापा पनि मारिएको थियो । गत जुन महिनामा प्रहरीले २७ करोड ३० लाख डलरको विलासी सामग्रीहरु र नगदहरु भेटिएको बताएको थियो । राजाकले भने उक्त सामग्रीहरु कसैले उपहार दिएको वा कानुनसम्मतरुपमा खरिद गरिएको बताउँदै आएका छन् ।  

Commissioner Amar Singh, Malaysia"s Federal Commercial Crime Investigation Department (CCID) director, displays a photo of items from a raid during a news conference in Kuala Lumpur, Malaysia June 27, 2018.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ