arrow

नेविसंघले माइतीघर मण्डलामै निषेधित क्षेत्र तोड्दै

logo
प्रकाशित २०७५ असार २० बुधबार
nebisangh-bidad.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने भएको छ । बुधबार दिउँसो २ बजे नेविसंघले निषेधित क्षेत्र तोड्न लागेको हो । 

दिउँसो २ बजे माइतीघर मण्डलामा भेला भएर सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले जनाएका छन् । उनले सरकारले लगाएको निषेधित क्षेत्र लोकतन्त्रको खिलापमा भएको पनि बताए । 

बुधबारको यो निषेधित क्षेत्र तोड्ने कामको अगुवाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेलले गर्ने भएका छन् । 

सरकारले आन्दोलन र नारा लगाउन पनि निश्चित क्षेत्र तोकेपछि नेविसंघ आन्दोलित भएको हो । 

यसअघि मंगलबारको एक कार्यक्रममा काँग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले नेविसंघले निषेधित क्षेत्र तोडेको हेर्ने मन भएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ